काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचनपछि मात्रै विश्वासको मत लिने भएका छन्।
नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले राष्ट्रपतिको निर्वाचनपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने जानकारी दिए।
प्रतिनिधि सभाको बैठक नै चैत ५ गते बोलाइएको र प्रतिनिधि सभा बैठकको मितिका कारण राष्ट्रपतिको चुनावअघि विश्वासको मत लिने अवस्था नरहेको उनले बताए। राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदैछ।
कांग्रेस र नेकपा एमाले दुबैले प्रमुख विपक्षी दल आफू रहेको दाबी गरेपछि आज बस्ने भनिएको बैठक चैत ५ गतेसम्मको लागि सरेको हो।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने कांग्रेसले आफू सरकारमा नगएसम्म प्रतिपक्षमै रहने अडान लिएको छ।