काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं संसदीय दल नेता शेरबहादुर देउवाले धुम्बाराहीस्थित निवासमा पार्टीको संसदीय दल कार्यसमितिमा रहेका सदस्यसँग छलफल गरेका छन्।
सभापति देउवाले प्रतिनिधि सभा र राष्ट्रिय सभा संसदीय दल कार्यसमितिमा रहेकाहरूसँग समसामयिक राजनीतिक घटनाक्रम र अब कसरी अघि बढ्ने भन्नेलगायत विषयमा बुधबार बिहान कुराकानी गरेका हुन्।
छलफलमा महामन्त्री, प्रतिनिधि सभा र राष्ट्रिय सभाका प्रमुख सचेतकलगायत उपस्थित छन्। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेका छन्।
सरकारमा सहभागिता र विश्वासको मत तथा राष्ट्रपति निर्वाचनलगायत विषयमा सभापति देउवाले संसदीय दल कार्यसमितिसँग छलफल गरेका छन्।