बिहीबार, असार १२, २०८२

ओलीलाई निधिले भने- ढोक्सामा माछा परिसक्यो

गत पुस २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत दिएर कांग्रेसले ढोक्सा थापे पनि उक्त ढोक्सामा माछा नपर्ने बताएका थिए।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिँदैमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार अल्पमतमा नपर्ने बताएका छन्।

निधिले गत पुस २६ मा विश्वासको मत लिँदा पनि प्रधानमन्त्री दाहाललाई संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले विश्वासको मत दिएको र अब पनि विश्वासको मत दिने भएकोले सरकार अल्पमतमा नपर्ने बताएका हुन्।

जनकपुरमा मंगलबार भएको प्रेस युनियन मधेस कार्यसमिति पदस्थापना कार्यक्रममा निधिले ढोक्सामा पनि माछा परिसकेको प्रतिक्रिया दिए।

गत पुस २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत दिएर कांग्रेसले ढोक्सा थापे पनि उक्त ढोक्सामा माछा नपर्ने बताएका थिए। त्यसतर्फ लक्षित गर्दै निधिले ढोक्सामा माछा परिसकेको बताएका हुन्। कांग्रेसले ८ दलको समर्थनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाएको छ।

प्रकाशित: Mar 01, 2023| 08:24 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...