बिहीबार, असार १२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • संविधान र प्राप्त उपलब्धिको रक्षाका लागि सहमति अपरिहार्य : नेता निधि

संविधान र प्राप्त उपलब्धिको रक्षाका लागि सहमति अपरिहार्य : नेता निधि

 |  मंगलबार, फागुन १६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १६, २०७९

जनकपुरधाम- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधान र प्राप्त उपलब्धिको रक्षाका लागि परिवर्तन पक्षधर दलहरूबीचको सहमति अपरिहार्य रहेको बताएका छन्।

जनकपुरधाममा आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमितिको पदस्थापन कार्यक्रममा पार्टी पूर्वउपसभापति निधिले पछिल्लो परिवर्तनको प्रमुख राजनीतिक शक्ति नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) केन्द्रबीच दूरी बढ्दा देशले पनि दुःख पाउने भएकाले पुस १० को 'कोर्स करेक्सन' गर्दै  राष्ट्रपतिका लागि एक ठाउँमा उभिएको बताए।

'नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरू चुनावी गठबन्धन बनाएर आमनिर्वाचनमा गयौँ तर पुस १० पछि एक ठाउँमा रहेनौँ। त्यसको गल्ती हामी सबैले महसुस गरिसकेका छौँ', उनले भने, 'नेपाली कांग्रेसले पुस २६ गते माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिएर 'कोर्स करेक्सन' का लागि प्रारम्भ गर्‍यो र राष्ट्रपतिमा आठ दलको सहमति त्यसको परिणाम हो। यसबाट सबै लोकतन्त्रवादी शक्ति र जनता उत्साहित भएका छन्।'

उनले सम्पूर्ण दलको सहमतिमा राष्ट्रपति चयन गर्ने चाहनामा नेकपा (एमाले) बाधक भए पनि संसद्मा रहेका १० दल सहमतिका लागि एक ठाउँमा उभिने विश्वास व्यक्त गरे। 'आठ दल एक ठाउँमा उभिसकेका छौँ, आम जनता पार्टीले राष्ट्रपतिमा समर्थन जनाइसकेको छ।सरकारलाई समर्थन कायमै राखेकाले राष्ट्रिय स्वतन्त्र पार्टी पनि थपिने हाम्रो विश्वास छ', निधिले भने। उनले प्रधानमन्त्री दाहालले जुनसुकै दिन विश्वासको मत लिन चाहे पनि कुनै समस्या नरहेको बताए।

प्रकाशित: Feb 28, 2023| 20:15 मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...