शुक्रबार, असार १३, २०८२

राष्ट्रपतिमा रस्साकस्सी, उपराष्ट्रपतिको छैन चर्चा

जसपाका धेरै नेताहरूले उपराष्ट्रपतिमा रासहाय यादवको सम्भावना रहेको बताएका छन्। पार्टी अध्यक्ष उपेन्द्र यादवले रामसहायलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउन चाहेका छन्।
 |  आइतबार, फागुन १४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १४, २०७९

काठमाडौं- आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। माओवादीसहित आठ दलले राष्ट्रपतिमा कांग्रेस नेता पौडेललाई अगाडि सारेका हुन्।

शनिबार राष्ट्रपतिका रूपमा पौडेलले उम्मेदवारी दर्ता गराउँदा उनको प्रस्तावकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र जनमत पार्टीका नेता अब्दुल खान बसेका थिए।

यस्तै पौडेलको समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे बसेका थिए।

यस्तै नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन्। मुलुकको सर्वोच्च पद राष्ट्रपतिको यही फागुन २५ गते निर्वाचन हुँदैछ।

राष्ट्रपति उम्मेदवारको टुंगो लाग्दै गर्दा सत्तामा फेरबदल हुने देखिएको छ। नयाँ समीकरणसँगै एमाले सम्मिलित सत्ता गठबन्धन भत्किएर कांग्रेससहितको आठ दलीय गठबन्धन बन्ने भएको हो। माओवादीले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने जनाएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिइसकेको छ। उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ।

यद्यपि एमालेले तत्काल सरकारबाट नबाहिरिने जनाए पनि उसले राष्ट्रपतिको निर्वाचनपछि सरकार छोड्ने संकेत गरेको छ। 

नयाँ सत्ता समीकरणको शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुबटारमा भएको आठ दलीय सहमति अनुसार राष्ट्रपति कांग्रेस र उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा)लाई दिने निर्णय गरिएको थियो। गठबन्धनबाट राष्ट्रपतिको टुंगो लाग्दै गर्दा चैत २ गते हुने उपराष्ट्रपतिका लागि जसपाले कसलाई उम्मेदवार बनाउला भन्ने विषयले चर्चा पाएको छ।

जसपाका धेरै नेताहरूले उपराष्ट्रपतिमा रासहाय यादवको सम्भावना रहेको बताएका छन्। पार्टी अध्यक्ष उपेन्द्र यादवले रामसहायलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउन चाहेका छन्। 

रामसहाय अध्यक्ष यादवसँग निकट मानिन्छन्। यही निकटताको कारण अध्यक्ष यादवले रामसहायलाई जसपाको संसदीय दलको नेता समेत बनाएका छन्। यादव पछि अशोक राई जसपाका दोस्रो नेता मानिन्छन् तर अध्यक्ष यादवले राईलाई पन्छयार रामसहायलाई संसदीय दलको नेता बनाएका थिए।

जसपाका प्रवक्ता मनिष सुमनले पनि उपराष्ट्रपतिको उम्मेदवारमा रामसहाय यादवकै बढी सम्भावना रहेको बताए। तर, कसलाई उपराष्ट्रपति बनाउने भन्ने विषयमा पार्टीभित्र चर्चा भने भइरहेको छ।

 




प्रकाशित: Feb 26, 2023| 12:17 आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...