आइतबार, जेठ ५, २०८२

काराबाओ कप फाइनलः ५४ वर्षपछि उपाधि जित्ने लक्ष्य

म्यानचेस्टर युनाइटेडले पछिल्लो समयमा छ नोभेम्बरयता एक खेलमा मात्र हार बेहोरेको छ। उसले नौ खेलसम्म अपराजित यात्रा पुरा गरेको छ।
 |  आइतबार, फागुन १४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १४, २०७९

काठमाडौं – इंग्ल्यान्डमा जारी इएफएल काराबाओ कपको फाइनल खेल आज राति हुँदैछ। फाइनल खेलमा उपाधिका लागि आज म्यानचेस्टर युनाइटेडले न्युकासल युनाइटेडको सामना गर्दैछ।

प्रिमियर लिगमा समेत राम्रो स्थानमा रहेका यि दुई टिम आज सिजनकै पहिलो उपाधि जित्ने दाउमा रहेका छन्। लिगमा युनाइटेड तेस्रो स्थानमा छ भने न्युकासल पाँचौ स्थानमा रहेको छ। यता काराबाओ कपको सेमीफाइनलमा जितसहित फाइनल पुगेका यि दुई टिम उपाधिको लक्ष्यसहित प्रतिस्पर्धामा भड्नेछन्।

दुई लेगको सेमीफाइनलमा नै एरिक टेन ह्यागको म्यानचेस्टरले नटिङ्घम फरेस्टलाई समग्रमा ५–० ले हराएको थियो। यता इड्डि होवेको न्युकासल भने यो  शताब्दिमै पहिलो पटक घरेलु प्रतियोगिताको फाइनलमा पुगेको हो।

यसअघि न्युकासल सन् १९९९ मा मात्र घरेलु प्रतियोगिताको फाइनलमा पुगेको थियो। उसले २४ वर्षपछि फेरि फाइनलमा स्थान बनाएको हो। यो वर्ष उसले साउथह्याम्टनलाई ३–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो। यता उपाधिको लागि फाइट गरिरहेको रेड डेभिल्सले पनि २०१६–१७ यता उपाधि जित्न सकेको छैन।

उसले अघिल्लो पटक जोसे माउरिन्होको प्रशिक्षण कालमा इएफएल कप र युरोपा लिग जितेको थियो। त्यसपछि उपाधि जित्न सकेको छैन्। यता न्युकासल यसअघि फाइनलमा पुग्दा पनि म्यानचेस्टर युनाइटेडकै सामना गरेको थियो। त्यो फाइनलमा युनाइटेडले उसलाई हराएको थियो। त्यसैले अहिलेसम्म न्युकासलले उपाधि नजितेको पनि ५४ वर्ष भइसकेको छ। ऊ आधा शताब्दिपछि उपाधि जित्ने दाउमा छ।

न्युकासलले यसअघि सन् १९६९ मा अन्तर सहर कप जितेको थियो। यता म्यानचेस्टर युनाइटेडले पछिल्लो समयमा छ नोभेम्बरयता एक खेलमा मात्र हार बेहोरेको छ। उसले नौ खेलसम्म अपराजित यात्रा पुरा गरेको छ। यो लयमा रहेको युनाइटेडलाई हराउन सजिलो पक्कै हुनेछैन्।

यस्तैमा उसले स्पेनको उपाधि यात्रामा रहेको बार्सिलोनालाई पनि हराइसकेको छ। यससँगै टेन ह्यागको टिम युरापा लिगको अन्तिम १६ मा पुगेको हो। आआफ्नो लिगेसीअनुसार दुवै टिमले उपाधि नजितेको लामै समय भएको छ। पछिल्ला केही वर्षमा ठूलो लगानी भित्र्याएको न्युकासल त्यो लगानीलाई सार्थकता दिन पनि उपाधि जित्न चहान्छ।

यता युनाइटेठ भने बीचको आरोह र अबरोहबाट अघि बढ्दै केही उपाधि बटुल्न चहान्छ। त्यसैले आजको फाइनल खेल रोमाञ्चक बन्नेछ।

प्रकाशित: Feb 26, 2023| 13:40 आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।