आइतबार, जेठ ५, २०८२

रियल मड्रिडको उपाधि यात्रामा एट्लेटिकोले दियो धक्का

शनिबार राति रियल मड्रिड एट्लेटिकोलाई हराउँदै बार्सिलोनासँग नजिकिने दाउमा थियो।
 |  आइतबार, फागुन १४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १४, २०७९

काठमाडौं –  स्पेनिस ला लिगाको दोस्रो स्थानमा भए पनि रियल मड्रिड शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा सात अंकले पछि छ। शनिबार राति रियल मड्रिड एट्लेटिकोलाई हराउँदै बार्सिलोनासँग नजिकिने दाउमा थियो। तर एट्लेटिकोले रियलको त्यो दाउलाई कमजोर बनाइदिएको छ।

शनिबार रातिको खेलमा रियललाई उसकै मैदानमा तेस्रो स्थानको एट्लेटिकोले १–१ गोलको बराबरीमा रोकेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको एट्लेटिकोका एन्जल कोरिया खेलको ६४ मिनेटमा बाहिरिएका थिए। उनले रियलका एन्टोनियो रुडिजरमाथि फउल गरेपछि सिधै रातो कार्ड पाएका थिए।

रेफ्रीले रेड कार्ड देखाएपछि उनी बाहिरिए र पाहुना टिम एट्लेटिको १० खेलाडीमा समेटिएको थियो। १० खेलाडीमा समेटिए पनि एट्लेटिकोका ग्रिजमनले खेलको ७८ औं मिनेटमा दिएको पासको सदुपयोग गर्दै जोस जिमिनेजले गोल गरेर अग्रता बनाएका थिए।

यता एक गोलले पछि परेको रियलका लुका मोड्रिचले खेलको ८५ औं मिनेटमा दिएको पासको सदुपयोग गर्दै रोड्रिग्वेजले गोल गरेका थिए। यो बराबरीसँगै रियलले २३ खेलबाट ५२ अंक बनाएको छ भने २२ खेल खेलेको बार्सिलोना ५९ अंकका साथ शीर्षस्थानमा छ। यता एट्लेटिको मड्रिड तालिकाको चौथो स्थानमा छ।

प्रकाशित: Feb 26, 2023| 10:55 आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।