आइतबार, जेठ ५, २०८२

न्यू डायमण्डलाई यू–१८ महिला भलिबल उपाधि

न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ
 |  आइतबार, फागुन १४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १४, २०७९

काठमाडौं – आयोजक न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। डायमण्डले निर्माणधीन भलिबल कोर्टमा शनिबार भएको फाइनलमा एभरेस्ट मावि बुटवललाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो।

पुरानो नैकापस्थित न्यु डायमण्डको निर्माणधीन कोर्टमा डायमण्डले एभरेस्टलाई २५–१९, २५–२०, २१–२५ र २६–२४ ले पराजित गर्दै उपाधि जित्न सफल भयो। उपाधिसँगै च्याम्पियन डायमण्डले ५ लाख रुपैया, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो भएको एभरेस्टले २ लाख ५० हजार, तेस्रो भएको धादिङ स्पोर्ट्स क्लबले १ लाख तथा चौथो भएको ब्राइट फ्युचर मावि मोरङले ५० हजार रुपैया प्राप्त गरेको छ। शनिबारै धादिङले ब्राइट फ्युचर मावि सलकपुर मोरङलाई २५–१०, २५–१३ र २५–६ ले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ।

डायमण्डकी जेनिशा विश्वकर्मा च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। उनले २५ हजार र ट्रफी प्राप्त गरिन्। धादिङकी सजिना बुढाथोकी उदियमान खेलाडी घोषित भइन्। उनले १५ हजार रुपैया र ट्रफी हात पारिन्।

डायमण्डकी सलिना बुढामगर उत्कृष्ट सर्भर, डायमण्डकै प्रगति नाथ सेटर, डायमण्डकै एन्जिला प्रधान उत्कृष्ट डिफेन्डर र डायमण्डकै कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए। एभरेस्टकी निशा चौधरी उत्कृष्ट स्पाइकर र ब्राइट फ्युचरकी सोनिया बस्नेत उत्कृष्ट ब्लकर घोषित भइन्। उनीहरु सबैले समान १० हजार रुपैया र ट्रफी प्राप्त गरे।

फागुन ९ गतेबाट शुरु भएको च्याम्पियनसिपमा ७ टोलीले सहभागिता जनाएको थियो। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको थियो। च्याम्पियनसिप आयोजना गराउनुको मुख्य उद्देश्य क्लबको निर्माणधीन खेल मैदान निर्माण सहयोगार्थ तथा जुनियर स्तरबाटै खेलाडी उत्पादनको लागि रहेको क्लबले जनाएको छ।

प्रकाशित: Feb 26, 2023| 10:24 आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।