शुक्रबार, असार १३, २०८२

राष्ट्रपतिका उम्मेदवार नेम्बाङले गराए मनोनयन दर्ता

एमालेबाट राष्ट्रपतिका रुपमा अगाडि सारिएका नेम्बाङले शनिबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

काठमाडौं– सत्तारुढ एमालेले नयाँ राष्ट्रपतिका लागि अगाडि सारेका पूर्वसभामुख एवं पार्टी उपाध्यक्ष सुवास नेम्बाङले मनोनयन दर्ता गराएका छन्।शनिबार नेम्बाङले नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।

नेम्बाङको प्रस्तावकमा अध्यक्ष केपी ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन्।

राष्ट्राध्यक्षका रूपमा रहने राष्ट्रपति पदको निर्वाचनका लागि २५ फागुन बिहान १० देखि ३ बजेसम्म मतदान समय तोकिएको छ। 

प्रकाशित: Feb 25, 2023| 13:29 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...