काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई सबैको सहयोग रहने बताएका छन्। पौडेललाई उम्मेदवार बनाउन पार्टीले सर्वसम्मत निर्णय गरेको बताउँदै सिटौलाले पार्टीभित्र र बाहिरबाट पौडेललाई ऐतिहासिक साथ रहने बताए।
उनले आफ्नो पनि राष्ट्रपतिको उम्मेदवारको रूपमा नाम आउनु स्वाभाविकै भए पनि अन्तिममा पार्टीले पौडेललाई बनाउने निर्णय गरेको बताए।
‘सर्वसम्मत रूपमा उम्मेदवारमा सहमति जुटेको हो । मेरो पनि चर्चा थियो र चर्चा हुनु स्वाभाविक हो’, सिटौलाले केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग भने, ‘तर हामीले उहाँलाई सर्वसम्मत रूपमा उम्मेदवार चयन गर्ने निर्णय गर्यौँ ।’