शुक्रबार, असार १३, २०८२

गोकुल बास्कोटाको टिप्पणी- रंग फेर्न प्रचण्डसँग छेपारो नै हार्छ

नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भएको बताएका छन्।सत्तागठबन्धन तोडिएसँगै एमाले आफनै लयमा अघि बढ्नुपर्ने बताएका हुन्।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

काठमाडौं- नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भएको बताएका छन्।सत्तागठबन्धन तोडिएसँगै एमाले आफनै लयमा अघि बढ्नुपर्ने बताएका हुन्।

उनले  बामपन्थी सहकार्यमा कुनै उत्साह र आशा नभएको बताउँदै एमाले निराश हुनुपर्ने कारण नभएको बताए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चरित्रप्रति पहिलै सचेत गराएको उल्लेख गरेका छन्। बास्कोटाले प्रधानमन्त्री प्रचण्डलाई रङ फेर्ने छेपारोसँग दाँजेका छन्।

उनले सामाजिक सञ्जालमा द्विटरमा लेखेका छन्,‘उहिल्यै भन्देको हो-छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ। उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ। अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ। उत्साह र आशा दुबै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ।’

प्रकाशित: Feb 25, 2023| 08:25 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...