शनिबार, असार १४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता, उम्मेदवार छान्न दलका बैठक बस्दै

राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता, उम्मेदवार छान्न दलका बैठक बस्दै

आयोगले आज नै अपराह्न ३ बजेदेखि ४ बजेभित्रमा मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली प्रकाशित गर्नेछ।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

काठमाडौं- राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ। निर्वाचन आयोगले प्रकाशित गरेको तालिकाअनुसार उम्मेदवारको मनोनयन दर्ता गर्ने समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म दिइएको छ।

आयोगले आज नै अपराह्न ३ बजेदेखि ४ बजेभित्रमा मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली प्रकाशित गर्नेछ। फागुन १४ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। उम्मेदवारले नाम फिर्ता लिन चाहे फागुन १६ गते पाउनेछन्। उम्मेदवारको अन्तिम नामावली पनि फागुन १६ गते नै प्रकाशित गर्ने तयारी छ।

निर्वाचन कार्यतालिकाअनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ। मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन्।

एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन्। अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ।

उम्मेदवारी दर्ता गर्ने दिनसम्म पनि उम्मेदवारको भने टुंगो लागेको छैन। उम्मेदवार चयन गर्न दलहरुले आजै बैठक राखेका छन्। नेपाली कांग्रेसले राष्ट्रपति उम्मेदवार आज टुंगो लगाउने भएको छ। यसका लागि बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

कांग्रेसमा नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाको राष्ट्रपतिमा दाबी छ। केही नेताले सभापति शेरबहादुर देउवा नै उम्मेदवार बन्नुपर्ने धारणा पनि राख्दै आएका छन्।

राष्ट्रपतिबारे छलफल गर्न नेकपा एमालेको पनि सचिवालय बैठक आज बस्दैछ। बैठक बिहान ९ बजेका लागि बोलाइएको छ। राष्ट्रपतिमा उम्मेदवारी दिने/नदिने वा कसलाई उम्मेदवार बनाउने बैठकले निर्णय गर्नेछ।

अहिलेको सत्ता गठबन्धन टुटेको अवस्थामा एमालेले राष्ट्रपति निर्वाचनमा के गर्छ चासो छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले संसदको सबैभन्दा ठूलो दललाई राष्ट्रपति दिने बताएपछि एमाले नेताहरूले वर्तमान सत्ता गठबन्धन टुटेको बताइरहेका छन्।

प्रकाशित: Feb 25, 2023| 05:50 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...