शनिबार, असार १४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • नयाँ राजनीतिक समीकरणमा कांग्रेसको हैसियत र ओजको सम्मान हुनुपर्छ : नैनसिंह महर

नयाँ राजनीतिक समीकरणमा कांग्रेसको हैसियत र ओजको सम्मान हुनुपर्छ : नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ गठबन्धनमा जाँदै गर्दा पार्टीले आफ्नो सम्मान र ओजको पनि मर्यादा राख्नुपर्ने धारणा राखेका छन्।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ गठबन्धनमा जाँदै गर्दा पार्टीले आफ्नो सम्मान र ओजको पनि मर्यादा राख्नुपर्ने धारणा राखेका छन्। नेपाली कांग्रेस कास्कीको आयोजनामा 'स्ववियु निर्वाचन सन्दर्भमा: कांग्रेस र भातृ संस्थाको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले नयाँ गठबन्धनमा जाँदै गर्दा पार्टीले आगामी दिनमा देखिनसक्ने चुनौतिको समेत आँकलन गर्नुपर्ने बताए।

'कांग्रेस सधैँ मुलुकको हितमा काम गर्छ। यस पटक पनि हामीले राजनीतिक स्थायीत्त्व खोजिरहेका छौं। प्रधानमन्त्रीलाई विश्वासको मत दिनु पनि राजनीतिक स्थायीत्वको खोजी नै हो,' महरले भने, 'यो कुरामा मुलुकका अन्य ठूला दल पनि गम्भीर बन्नुपर्छ। यस पटक राष्ट्रपति सहमतिको आधारमै कांग्रेसले पाउनुपर्ने हो।' उनले कांग्रेसले मुलुकको हितका लागि कार्यकारी पद लामो समयका लागि गुमाउँदा आफुसंसदको सबभन्दा ठूलोदल भएको र भोली जनतालाई दिने जवाफको हेक्का राख्नसमेत उनले पार्टी नेतृत्वलाई आग्रह  गरे।

'कार्यकारी अधिकार रहेका सबै पद गुमेका छन्। यस्तो अवस्थामा कांग्रेसले मुलुकको हित खोजिरहेको छ। यो उदारताको गठवन्धनमा रहेका दलहरुले सम्मान गर्नुपर्छ उनले भने।

फरक प्रसंगमा बोल्दै महरले स्ववियु निर्वाचन नजिकिँदै गर्दा यो  स्ववियु  मिनी संसद भएकोले यसको निर्वाचनमा विना गठवन्धन सफलता हातपार्नु नेविसंघ र कांग्रेसको प्रतिष्ठाको विषय बन्नुपर्ने बताए। लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा विश्व विद्यालय र क्याम्पसहरूमा अनियमितता बढेको उनको गुनासो छ।

'कतिपय क्याम्पसमा दुई/दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन एक दशकसम्म पनि हुन सकेको छैन। यसले क्याम्पसमा हुने विकास निर्माणमा अनियमिता भइरहेको छ। विद्यार्थीका हकहितका क्षेत्रमा काम हुन सकेको छैन। पाउनुपर्ने विद्यार्थीले छात्रवृत्ति पाउन सकेका छैनन् । शिक्षाको स्तर दिनानुदिन खस्किदो छ। ठूलो संख्यामा सक्ष्यम युवा नेतृत्त्व निर्माण हुन सकेको छैन', उनले भने।

प्रकाशित: Feb 24, 2023| 19:09 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...