काठमाडौं– राष्ट्रपतिको निर्वाचनलाई लिएर सत्तारुढ दलबीच मतक्यै सिर्जना भइरहेका बेला एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग अन्तिम सहमतिस्वरुप वार्ता गरेका छन्।
दुई नेताबीच भएको कुराकानीबारे विस्तृत विवरण सार्वजनिक भइनसके पनि ओलीले छाड्नेबित्तिकै कांग्रेस नेताहरु बालुवाटार छिरेका छन्। कांग्रेस उपसभापति पूर्णबहादुर खड्का बालुवाटार प्रवेश गरेका हुन्।
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बालुवाटारमा वार्तामा बसेका ओली र प्रचण्डबीच सहमति हुन नसकेको बताइन्छ। ओलीले १० पुसको सहमतिअनुसार राष्ट्रपति एमालेकै हुनुपर्ने अडान प्रचण्डसमक्ष राखेको स्रोतको दाबी छ।
तर प्रचण्डले राष्ट्रिय सहमतिको पुरानै राग उप्क्याएपछि ओली असन्तुष्ट बनेर बालुवाटारबाट बाहिरिएका हुन्। ५ बजेका लागि तय भएको कांग्रेस नेतृत्वको पुरानो गठबन्धनमा आबद्ध शीर्ष नेताको बैठक बालुवाटारमा बस्न थालेको छ।