शनिबार, असार १४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीले राष्ट्रपतिमा कांग्रेसलाई सहयोगको वचन दिइसकेको दाबी

प्रधानमन्त्रीले राष्ट्रपतिमा कांग्रेसलाई सहयोगको वचन दिइसकेको दाबी

माधव नेपाल योग्य नेता पनि कांग्रेसलाई राष्ट्रपति नभइनहुने हुँदा समर्थन दिन आग्रह गरिएको नेता महतको जिकिर।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

काठमाडौं– सांसद एवं प्रवक्ता डा. प्रकाशशरण महतले बालुवाटारमा बसेको चार दलीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने वचन दिएको दाबी गरेका छन्। शुक्रबार संसद् परिसरमा राष्ट्रपतिबारे पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता महतले यस्तो दाबी गरेका हुन्। 

महतले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई अन्य दलहरूले पनि सहयोग गरुन् भन्ने अपेक्षा रहेको सुनाए। उनले भने, ‘छलफल राष्ट्रपतिकै विषयमा भएको हो। राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई अन्य दलले सहयोग गरुन् भन्ने अपेक्षा हो। यसमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको पायौं।  बेलुका हुने छलफलले अन्तिम निष्कर्ष निकाल्नेछ’, उनले भने।

राष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवार मनोनयनको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ। माधव नेपाल योग्य नेता पनि कांग्रेसलाई राष्ट्रपति नभइनहुने हुँदा समर्थन दिन आग्रह गरिएको उनको जिकिर छ।

प्रकाशित: Feb 24, 2023| 16:09 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...