शनिबार, असार १४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस एमालेसँग वार्तामा बसे राष्ट्रपति दिन तयार : प्रदीप ज्ञवाली

कांग्रेस एमालेसँग वार्तामा बसे राष्ट्रपति दिन तयार : प्रदीप ज्ञवाली

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाटो बिराएकाले मुलुकमा राजनीतिक स्थिरता ल्याउन पनि एमालेले कांग्रेसँग सहकार्य गर्नुपर्ने अवस्था आएको नेता ज्ञवालीको धारणा।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

काठमाडौं– राष्ट्रपतिको निर्वाचनलाई लिएर सात दलीय सहयात्रा चुँडिने अड्कलबाजी भइरहेका बेला एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपतिको निर्वाचनमा कांग्रेससँग सहकार्य गर्न सकिने बताएका छन्।

शुक्रबार एमालेको मिसन ग्रासरुट अभियानका क्रममा पाँचथर सदरमुकाम फिदिममा आयोजित कार्यक्रममा नेता ज्ञवालीले कांग्रेस एमालेसँग छलफल गर्न आए राष्ट्रपति निर्वाचनमा सहयोग गरिने स्पष्ट पारेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाटो बिराएकाले मुलुकमा राजनीतिक स्थिरता ल्याउन एमालेले कांग्रेसँग सहकार्य गर्न सक्ने उनको धारणा छ।

उनले भने, ‘मुलुकमा स्थिरता र भूराजनीतिक चलखेल रोक्न प्रमुख दुई दलबीचको सहकार्य अपरिहार्य छ। कांग्रेस संवादमा आए राष्ट्रपति निर्वाचनमा सहकार्य हुने सम्भावना छ। यसमा एमाले पनि सकारात्मक छ।’

कुनै बेला एमालेले उद्धार गरेर सत्ता सञ्चालनसम्मको यात्रामा आइपुगेको माओवादीले राष्ट्रपति उम्मेदवारको बखेडा झिकेर राजनीतिक बेइमानी गरेको नेता ज्ञवालीले आरोप लगाए।

प्रकाशित: Feb 24, 2023| 13:39 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...