शनिबार, असार १४, २०८२

नेपाललाई राष्ट्रपति बनाउन प्रचण्डको प्रस्ताव, कांग्रेसले मानेन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन्।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीको बैठकमा प्रधानमन्त्रीको उक्त प्रस्ताव आएको हो।

तर, नेपाली कांग्रेसले भने उक्त प्रस्ताव अस्वीकार गरेको छ। बैठकमा सहभागी एक नेताका अनुसार तीन दल नेपालप्रति सकारात्मक हुँदा कांग्रेसले भने आफ्नै उम्मेदवार राष्ट्रपति बन्नुपर्ने अडान लिएको छ। कांग्रेसले राष्ट्रपति आफूले पाउनुपर्ने, प्रचण्डलाई चार वर्ष प्रधानमन्त्रीका रूपमा सहयोग गर्ने र एक वर्ष नेपाललाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने प्रस्ताव गरेको थियो।

सहमति जुट्न नसकेपछि चार दलको अर्को बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ। बैठक पूर्व दलहरूले पार्टीभित्र आन्तरिक छलफल गर्ने जनाएका छन्।

पाँच बजेको बैठकमा जनमत र लोसपालाई पनि सहभागी गराउने समझदारी भएको छ। 

प्रकाशित: Feb 24, 2023| 13:21 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...