शनिबार, असार १४, २०८२

सत्ता फेरबदलको भूमरीमा राष्ट्रपति निर्वाचन

राजनीतिक दलहरूले समीकरण भत्काउने र जोड्ने प्रयासमा लागिरहकै कारण हालसम्म राष्ट्रपति उम्मेदवारको नाम सार्वजनिक गर्न अक्षम देखिएका छन्।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

काठमाडौं– २५ फागुनका लागि तय भएको राष्ट्रपति निर्वाचनलाई लिएर राजनीतिक दलहरूबीच सहमति जुटाउन अन्तिम कसरत जारी छ। निर्वाचन आयोगले राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन गर्ने समय १३ फागुन बिहान १० देखि ३ बजेसम्म तोकेको छ। तर राजनीतिक दलहरूले समीकरण भत्काउने र बनाउने प्रयासमा लागिरहकै कारण हालम्म राष्ट्रपति उम्मेदवारको नाम सार्वजनिक गर्न सकेका छ्रनन्।

मनोनय दर्ताको समय एक दिन मात्रै बाँकी रहँदा दलहरूले आन्तरिक, बहुपार्टी छलफललाई भने घनिभूत बनाएका छन्। 

सत्तारुढ एमालेको नेतृत्वमा १० पुसमा सात दलीय गठबन्धन बनाएर प्रधानमन्त्री चुनिएका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले उम्मेदवारलाई अस्वीकृत गरेपछि राष्ट्रपति निर्वाचन पेचिलो बन्दै गएको छ। 

राष्ट्रपति निर्वाचनलाई लिएर जेठ ३ २०७५ मा नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा ब्युँताउने, २ भदौ २०७८ मा एमालेबाट छुटिगएका हाल नेकपा एसका अध्यक्ष रहेका माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने, प्रचण्ड नेतृत्वको सरकारलाई यथावत् राख्न ९ पुसको बालकोट समझदारीबाट सात दलीय गठबन्धनलाई तलमाथि हुन नदिनेदेखि लिएर ८ पुसअघि कायम कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनलाई पुनः ब्युँताउनेसम्मका गाइँगुइँ हल्लाले राजनीति थप तरंगित भएको छ। राजनीतिक दलका आ–आफ्नै रणनीति र अडानका कारण राष्ट्रपति निर्वाचन ओझेल पर्ने अवस्थामा पुगेको छ।

राजनीतिक दलहरूले समीकरण भत्काउने र जोड्ने प्रयासमा लागिरहकै कारण हालम्म राष्ट्रपति उम्मेदवारको नाम सार्वजनिक गर्न अक्षम देखिएका छन्।

राष्ट्रपति निर्वाचनका लागि हालसम्म कांग्रेस, एमालेले उम्मेदवारी दिइने बताएका छन् भने सहमति भए नेकपा एस, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्षहरू पनि आकांक्षी देखिएका छन्।

राष्ट्रपति निर्वाचन आफ्नो पोल्टामा पार्न शुक्रबार बिहान कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरू उम्मेदवार तय गर्न छलफलमा जुटिसकेका छन्। उनीहरूबीच पुरानो गठबन्धन ब्युँत्याउने वा एमालेले समेत सिफारिस गरेका माधव नेपालको नाममा राष्ट्रपतिमा सहमति जुटाउने भन्नेबारे छलफल भइरहेको हो। 

प्रकाशित: Feb 24, 2023| 13:51 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...