आइतबार, जेठ ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पल्सर स्पोर्टस अवार्ड–२०७८ को सह–प्रायोजनमा प्लाजा होटल र एनएसजेएफको सम्झौता

पल्सर स्पोर्टस अवार्ड–२०७८ को सह–प्रायोजनमा प्लाजा होटल र एनएसजेएफको सम्झौता

१९ औं संस्करणको पल्सर अवार्ड आउँदो फागुन २३ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भव्य रूपमा आयोजना हुनेछ
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

काठमाडौं – खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७८’ का लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले प्लाजा होटल गु्रपसँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको जानकारी दिएको छ। 

सहप्रायोजनका लागि मञ्चका कार्यबाहक अध्यक्ष निरञ्जन अधिकारी र प्लाजा होटल गु्रपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको अवार्ड आयोजकले जानकारी दिएको हो।

‘१९ औं संस्करणको पल्सर अवार्ड आउँदो फागुन २३ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भव्य रूपमा आयोजना हुनेछ,’ आयोजकले जारी गरेका प्रेस विञप्तिमा लेखिएको छ, ‘सह–प्रायोजक बनेवापत प्लाजा होटल गु्रपले अवार्ड कार्यक्रममा अतिथिको आवास व्यवस्था गरिदिने छ। त्यससहित मञ्चले आयोजना गर्ने कार्यक्रमहरूका लागि स्थान उपलब्ध गराउने छ।’

सम्झौता कार्यक्रममा गु्रपका प्रबन्ध निर्देशक श्रेष्ठले खेलकुदको प्रतिष्ठित कार्यक्रममा आफ्नो संस्था निरन्तर सहयात्रामा रहन पाएकोमा खुसी व्यक्त गर्दै खेलकुदका लागि सहयोग गर्न आफू पछि नपर्ने बताएका छन्।

मञ्चका कार्यवाहक अध्यक्ष निरञ्जन अधिकारीले प्लाजा होटल गु्रपसँगको सहकार्यलाई निरन्तरता दिएकोमा गु्रपका प्रवन्ध निर्देशक युवराज श्रेष्ठप्रति धन्यवाद व्यक्त गरे।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड यही फागुन २३ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठनमा हँुदै छ। अवार्डमा यसपटक वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष प्रशिक्षक, वर्ष युवा खेलाडी, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्स जर्नालिस्ट अवार्ड गरी ९ विधा समावेश छ। 

जसमा पाँच विधाका विजेताहरूले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्। अन्य विधाका विजेताहरूले नगद पुरस्कार प्राप्त गर्नेछन्। 

अवार्डको चर्चित विधा पिपल्स च्वाइस अवार्डको मनोनित खेलाडीहरू सार्वजनिक भइसकेका छन्। यस विधामा क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट, पौडीकी डुवाना लामा, भलिबलकी उषा भण्डारी मनोनयनमा परेका छन्।

पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीलाई समर्थकहरूले विद्युतीय भुक्तानीको सेवाप्रदायक कम्पनी ई–सेवामार्फत मतदान गर्न सक्नेछन्,’ आयोजकले जारी गरेका प्रेस विञप्तिमा लेखिएको छ, ‘त्यसको मतभार ५० प्रतिशत हुनेछ। त्यस्तै एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको आधिकारिक फेसबुक पेजमा गएर आफूलाई मनपर्ने खेलाडीको फोटोमा लाइक गरेर पनि मतदान गर्न सकिनेछ। यसको मतभार २५ प्रतिशत हुनेछ।’

त्यसबाहेक खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकहरूले पनि मतदान गर्नेेछन्। खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकले गर्ने मतदानको मतभार समान १२.५ प्रतिशत हुनेछ। मनोनयनमा परेका खेलाडीलाई फागुन २१ गते राति १२ बजेसम्म मतदान गर्न सकिनेछ।

उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडीको मनोनयन केही दिनमा सार्वजनिक हुने मञ्चले जनाएको छ।

प्रकाशित: Feb 24, 2023| 12:28 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।