काठमाडौं- कांग्रेस नेताहरू र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भएको छ।
बिहीबार साँझ पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा कांग्रेस नेताहरूले अध्यक्ष नेपालसँग राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने विषयमा छलफल गरेका हुन्।
छलफलमा देउवासहित कांग्रेस नेताहरू रामचन्द्र पौडेल, गगन थापासहितका सहभागी थिए। उनीहरूबीच के सहमति भयो भन्ने बारेमा सार्वजनिक भएको छैन।