शनिबार, असार १४, २०८२

प्रचण्डसँग सहकार्य टुट्ने संकेत हो ओलीको अभिव्यक्ति?

२९ माघमा सरकारले फागुन १ मा बिदा दिने निर्णय गर्दा भने ओलीले कुनै प्रतिक्रिया दिएका थिएनन्। ओली अध्यक्ष रहेको एमाले आफैं मुख्य सत्ता साझेदार दल हो।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा माओवादी केन्द्रमाथि खनिएका छन्। माओवादीको नेतृत्वमा भएको १० वर्षे सशस्त्र विद्रोह जनयुद्ध नभई हिंसा दिवस भएको अभिव्यक्ति दिँदै उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिंसाको महिमामण्डन गर्दै हिँडेको बताएका छन्।

बिहीबार आफ्नो जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा उनले फागुन १ गतेलाई जनयुद्ध दिवस भनी सार्वजनिक बिदा दिनु दुखद् भएको बताए। ‘सरकारले हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाएर क्यालेन्डरमा राख्ने समेत दुःखद् निर्णय गर्‍यो। त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ,' उनले भने।

२९ माघमा सरकारले फागुन १ मा बिदा दिने निर्णय गर्दा भने ओलीले कुनै प्रतिक्रिया दिएका थिएनन्। ओली अध्यक्ष रहेको एमाले आफैं मुख्य सत्ता साझेदार दल हो। 

पुस १० गते ओलीले पुरानो गठबन्धन भत्काएर उनकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। जनयुद्ध र माओवादीप्रति सधैं नकारात्मक ओलीले नेकपा गठनपछि भने यस्ता अभिव्यक्ति दिएका थिएनन्। तर नेकपा टुटेर प्रचण्डसँग सम्बन्ध बिग्रिएपछि उनले तारन्तर यस्ता अभिव्यक्ति दिइरहेका थिए। प्रधानमन्त्री प्रचण्डले बुधबार कांग्रेससँग पुरानै गठबन्धन ब्युँताउने अनौपचारिक समझदारी गरेका विवरण सार्वजनिक भइरहेका छन्। यसलाई औपचारिकता दिन दलहरु छलफलमा छन्।

यसैबीच ओलीले यस्तो अभिव्यक्ति दिएपछि राष्ट्रपतिमा सहमति नजुटेका कारण दुईबीच सम्बन्ध बिग्रिएको आकलन हुन थालेको छ। प्रचण्डले धोका दिन लागेको बुझिसकेका ओलीले दोस्रो कार्डका रुपमा माधवकुमार नेपाललाई अघि सारेका छन्। आइतबार भेटेर राष्ट्रपतिको प्रस्ताव गरेका ओलीले बिहीबार पनि नेपाललाई राष्ट्रपतिका लागि सहयोग गर्ने सन्देश पठाएका छन्। 

यसैबीच नेपालले पनि राष्ट्रपतिमा दाबी पेश गर्ने तयारी गरिसकेका छन्। बुधबार बसेको नेकपा एसको सचिवालय बैठकले राष्ट्रपति पद लिन पहलकदमी बढाउने औपचारिक निर्णय गरेको छ।

यसैबीच नेपालले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भेटेर आफू राष्ट्रपतिको उम्मेदवार बन्न तयार रहेको बताएका छन्। पुरानै गठबन्धन ब्युँताउ नेगरी दलहरूले सक्रियता बढाएपछि ओलीले उक्त गठबन्धन बन्न नदिने नयाँ योजना बनाएका हुन्।

प्रकाशित: Feb 23, 2023| 17:29 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...