शनिबार, असार १४, २०८२

राष्ट्रपतिमा 'ओलीटिक्स' : प्रचण्डलाई जसरी नै नेपाललाई गलाउने

ओलीले पनि अन्तिम समयमा प्रचण्डलाई गलाएजसरी नेपाललाई गलाउने रणनीति बनाएका छन्। शुक्रबारको भेटमा प्रचण्डसँग नेपाललाई राष्ट्रपतिका रुपमा अघि बढाउन सकिने प्रस्ताव गरेका ओली अहिले पनि माओवादीले कांग्रेसलाई समर्थन नगर्नेमा निर्धक्क छन्।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

काठमाडौं- गत पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुरानो गठबन्धनको बैठक छाडेर बाहिरिए। गठबन्धनबाटै आफू सुरुमा प्रधानमन्त्री बन्ने ध्येय राखेका उनी दिनभर चिन्तित मुद्रामा देखिएका थिए। तर नेपाली कांग्रेसले कसैगरी उनलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउन नमानेपछि उनी गठबन्धन टुटेको भन्दै बैठक बीचमै उठेर बालकोटतर्फ लागे। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सहयोगमा उनी सोही दिन प्रधानमन्त्रीमा नियुक्त भए। पाँचदलीय पुरानो गठबन्धन भत्किएर सातदलीय नयाँ गठबन्धन बन्यो। तर यतिबेला उक्त सातदलीय गठबन्धन पनि संकटमा परेको छ। एमालेले राष्ट्रपतिमा दाबी नछाडेको र प्रधानमन्त्री प्रचण्डले कसैगरी एमालेलाई राष्ट्रपति नदिने अडान राखेका कारण गठबन्धन भत्किने जोखिम बढेको हो।

यसैबीच पुरानै गठबन्धन ब्युँताउनेगरी दलहरूले सक्रियता बढाएका छन्। पुरानै गठबन्धन ब्युँताएर राष्ट्रपतिको साझा उम्मेदवार अघि सार्ने गरी आज साँझ ६ बजे नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको संयुक्त बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र माओवादीबीच पुरानै गठबन्धन ब्युँताउने सहमति भएको थियो। त्यसैलाई मूर्त  रुप दिन आज नेकपा एस र जसपासहित ४ दलको बैठक बस्न लागेको हो। बैठकमा सहमति जुटेमा पुरानो गठबन्धन ब्युँतिने छ भने अहिलेको सत्ता गठबन्धन टुट्नेछ। तर यसो हुन नदिन एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री बनाउन प्रचण्डलाई गलाएजसरी राष्ट्रपतिमा माधवकुमार नेपाललाई गलाउने प्रयास गरेका छन्। यसअघि आइतबार राति ओलीले नेपाललाई राष्ट्रपतिको प्रस्ताव गर्दै ४ घण्टा भेट गरेका थिए। भेटमा ओलीले राष्ट्रपतिको उम्मेदवार बन्न नेपाललाई प्रस्ताव गर्दै पार्टी एकीकरणको शर्त अघि तेर्स्याएका थिए। भेटबारे स्वीकार्दै नेपालले आफूलाई राष्ट्रपतिको प्रस्ताव आएको र यसबारे पार्टीमा छलफल गर्ने बताएको ब्रिफिङ गरेका थिए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सहयोगमा उनी सोही दिन प्रधानमन्त्रीमा नियुक्त भए। पाँचदलीय पुरानो गठबन्धन भत्किएर सातदलीय नयाँ गठबन्धन बन्यो। तर यतिबेला उक्त सातदलीय गठबन्धन पनि संकटमा परेको छ। एमालेले राष्ट्रपतिमा दाबी नछाडेको र प्रधानमन्त्री प्रचण्डले कसैगरी एमालेलाई राष्ट्रपति नदिने अडान राखेका कारण गठबन्धन भत्किने जोखिम बढेको हो।

उक्त भेटपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेर ओलीले नेपाल र सुबास नेम्बाङको नाम राष्ट्रपतिका लागि सिफारिस गरेका थिए। तर नेम्बाङलाई नै अघि सार्ने दबाब भेटमा ओलीले दिएको प्रचण्ड निकटस्थ स्रोतले बताएको छ। 

तथापि सहमति जुट्न नसकेपछि अन्तत: पुरानै गठबन्धन ब्युँताउने तयारी दलहरूले गरेका हुन्। यसैबीच बिहीबारको बैठकअघि प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पाँचदलीय गठबन्धन ब्युँताउने छलफल भए पनि फाइनल भइनसकेको बताएका छन्। नेपालले पनि अहिले नै केही निर्णय भइनसकेकाले देशको हितलाई हेरेर निर्णय गर्ने प्रतिक्रिया दिएका छन्। यद्यपि, बुधबार नै नेकपा एसको सचिवालय बैठकले राष्ट्रपति पद लिन पहलकदमी बढाउने औपचारिक निर्णय गरेको छ।

यता ओलीले पनि अन्तिम समयमा प्रचण्डलाई गलाएजसरी नेपाललाई गलाउने रणनीति बनाएका छन्। शुक्रबारको भेटमा प्रचण्डसँग नेपाललाई राष्ट्रपतिका रुपमा अघि बढाउन सकिने प्रस्ताव गरेका ओली अहिले पनि माओवादीले कांग्रेसलाई समर्थन नगर्नेमा निर्धक्क छन्। बिहीबार निवास बालकोटमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भनेका छन्, 'प्रचण्डले कांग्रेसलाई समर्थन गर्नुहुन्न, गर्न मिल्दैन।' यसो भनिरहँदा पनि पछिल्लो समय उनी केही आत्तिएको देखिन्छन्। तर अन्तिम अश्त्रका रुपमा राष्ट्रपतिमा नेपाललाई अघि सारेर नयाँ गठबन्धन बन्न नदिने रणनीति उनको छ। उनले नेपाललाई सन्देश पठाउँदै राष्ट्रपतिमा सहयोग गर्ने आश्वासन समेत दिइसकेका छन्। 'राष्ट्रपतिका लागि प्रस्ताव आएको छ, भेटपछि पनि हामीलाई आश्वस्त पार्नेगरी उहाँ (ओली)ले सन्देश पठाउनुभएको छ,' नेपाल निकट स्रोतले भन्यो। 

तर पनि एमालेबाट असन्तुष्टि जनाउँदै पार्टी टुक्रयाएको नेकपा एस भने नयाँ गठबन्धनबाट राष्ट्रपतिमा नेपाललाई अघि सार्ने योजनामा छ। 'सहमितमै अघि बढ्ने हाम्रो योजना हो, तर राष्ट्रपतिमा हामी दाबी गर्छौं,' नेकपा एस स्रोतले भन्यो। यदि पुरानो गठबन्धनले सहयोग नगरेको खण्डमा आफूहरू सधैं अरुका लागि प्रयोगमा मात्रै आइनरहने पनि नेकपा एसका एक नेताले बताए। कांग्रेस र माओवादीले सहयोग नगरे नेपाल राष्ट्रपतिको उम्मेदवारमा सहयोग माग्न ओली कहाँ जाने संकेत उनले गरे।

प्रकाशित: Feb 23, 2023| 16:14 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...