शनिबार, असार १४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • चार दलको संयुक्त बैठक बस्दै, टु‌गो लगाउलान् राष्ट्रपतिको साझा उम्मेदवार?

चार दलको संयुक्त बैठक बस्दै, टु‌गो लगाउलान् राष्ट्रपतिको साझा उम्मेदवार?

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारी मनोनयन हुँदैछ।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको संयुक्त बैठक बस्ने भएको छ। आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दलहरुको संयुक्त बैठक बस्न लागेको हो। 

बैठकमा राष्ट्रपति निर्वाचन र पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने विषयमा छलफल हुने बताइएको छ। राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्ने दिन नजिकिँदै गर्दा दलहरुले छलफललाई तिव्रता दिएका छन्। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारी मनोनयन हुँदैछ।

हिजो बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएको कांग्रेस र माओवादीको बैठकमा पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने अनौपचारिक सहमति भएको थियो। उक्त सहमतिलाई अन्तिम रुप दिन थप दुई दलसहितको संयुक्त बैठक बस्न लागेको हो।

चार दलको बैठकअघि माओवादी, नेकपा एस र जसपाको बैठक बस्ने तय भएको छ। आजै नेकपा एसका अध्यक्ष र माओवादी अध्यक्ष प्रचण्डबीच पनि भेट भएको थियो। 


प्रकाशित: Feb 23, 2023| 15:07 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...