शनिबार, असार १४, २०८२

प्रचण्डले गठबन्धन तोडे एमाले सरकारबाट बाहिर : योगेश भट्टराई

हरेक राजनीतिक दलहरू निर्णय लिन स्वतन्त्र रहे पनि गठबन्धन बनेर सरकार सञ्चालन भइरहेकाले सोहीअनुसार सबै चल्नुपर्ने नेता भट्टराईको धारणा।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

काठमाडौं– एमाले सचिव एवं सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता साझेदारी टुटेको घोषणा गरिनसकेको बताएका छन्। 

बिहीबार प्रेस चौतारी नेपाल रुकुम पश्चिमले पार्टी कार्यालयमा गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले प्रधानमन्त्री प्रचण्ड १० पुसको सहमतिअनुसार नहिँडे एमाले सरकारबाट बाहिरिने बताएका हुन्।

हरेक राजनीतिक दलहरू निर्णय लिन स्वतन्त्र रहे पनि गठबन्धन बनेर सरकार सञ्चालन भइरहेकाले सोहीअनुसार सबै चल्नुपर्ने उनको तर्क छ।माओवादी केन्द्रले कांग्रेस नेतृत्वको पुरानै गठबन्धनमा फर्किएर राष्ट्रपति चयनमा एमालेलाई धोका दिनु भनेको प्रचण्डले दुईटा डुंगामा खुट्टा राखेसरह हुने उनले दाबी गरे। 

योगेश एमालेले चलाइरहेको मिसन ग्रासरुट अभियानका क्रममा रुकम पश्चिममा छन्। देशभर दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेपछि एमालेको संगठन सुदृढीकरण तथा विस्तारमा टेवा पुग्ने उनले बताए। 

प्रकाशित: Feb 23, 2023| 14:35 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...