शनिबार, असार १४, २०८२

माधवसँगको भेटपछि के भने प्रचण्डले?

भेटपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति उम्मेदवारको टुंगो लागिनसकेको बताए। पाँच दलीय गठबन्धन ब्युँताउनेबारे पनि छलफल भइरहेको प्रचण्डको भनाइ छ।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

काठमाडौं- राष्ट्रपति निर्वाचन र भावी सत्ता समीकरणबारे नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षबीच कुराकानी भएको छ।

माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्षकुमार माधव नेपालबीच कुराकानी भएको हो। आधा घण्टा लामो भेटमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी थिए । 

भेटपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति उम्मेदवारको टुंगो लागिनसकेको बताए। पाँच दलीय गठबन्धन ब्युँताउनेबारे पनि छलफल भइरहेको प्रचण्डको भनाइ छ। पाँच दलीय गठबन्धन ब्युँताउन लागिएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘छलफल भइरहेको छ, फाइनल भइसकेको छैन।’ 

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले राष्ट्रपति निर्वाचनको विषयमा सबै दलहरूसँग छलफल भइरहेको बताए। सोही क्रममा एकीकृत समाजवादीसँग पनि कुराकानी भएको उनको भनाइ थियो।  ‘राष्ट्रपतिबारे हामीले सबैसँग छलफल गर्दैछौं। टुंगोमा पुगिसकेका छैनौं। गठबन्धन परिवर्तन गर्ने निष्कर्षमा पनि पुगिसकेको छैन,’उनले भने।

बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पछिल्ला छलफल विभिन्न विकल्पमा केन्द्रित भइरहेको बताए। उनले सबैभन्दा उपयुक्त विकल्प संविधानलाई जोगाउने, राष्ट्रियतालाई बचाउने रहेको बताए।

‘अनेक विकल्पहरुमा छलफल भएका छन्। ती विकल्पमध्ये उपयुक्त विकल्प के हुन्छ, जुन विकल्पले देशको राजनीतिलाई ठीक दिशामा लानसक्छ, जसले संविधानलाई जोगाउन, राष्ट्रियतालाई बचाउन भूमिका खेल्छ, त्यही विकल्पमा जानुपर्छ। कसले पाउने, कुन व्यक्तिले पाउने, कुन पार्टीले पाउने भन्दा पनि कसरी देशको समस्यालाई सम्बोधन गर्ने भन्ने मुख्य कुरा हो,’ उनले भने। 

नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एस पुस १० अघिको तत्कालीन गठबन्धनलाई ब्युँताउने विषयमा छलफल गरिरहेका छन् र यसको केन्द्रमा आशन्न राष्ट्रपति निर्वाचन छ। राष्ट्रपति निर्वाचन २५ फागुनमा हुँदैछ। त्यसका लागि १३ फागुनमा उम्मेदवारी दर्ताको मिति तोकिएको छ।

प्रकाशित: Feb 23, 2023| 14:23 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...