शनिबार, असार १४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • जनयुद्ध दिवस मनाउँदा चुप लागेका ओलीले अहिले भने- हिंसा दिवसलाई सरकारले राष्ट्रिय दिवस मनायो

जनयुद्ध दिवस मनाउँदा चुप लागेका ओलीले अहिले भने- हिंसा दिवसलाई सरकारले राष्ट्रिय दिवस मनायो

ओली अध्यक्ष रहेको एमाले आफैं मुख्य सत्ता साझेदार दल हो। सरकारले सार्वजनिक बिदा दिएर जनयुद्ध दिवस मनाउने निर्णय गर्दा उनले कुनै प्रतिक्रिया दिएका थिएनन्।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले फागुन १ गतेलाई सरकारले जनयुद्ध दिवस मनाएकोमा आपत्ति जनाएका छन्।

बिहीबार आफ्नो निवास बालकोटमा आयोजित ‘विश्वशान्ति प्रार्थना’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले भने, ''हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरिदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद् निर्णय गर्‍यो। त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ जुन कुरा सही होइन। सरकारले किन त्यो गर्‍यो? आकस्मिक रुपमा त्यो किन गर्नुपर्‍यो? आफैंले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्नुपर्‍यो? त्यो मैले पनि बुझेको छैन।' 

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै ओलीले हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि हिंसाको महिमामण्डन गरेको भन्दै आपत्ति जनाए। उनले भने, 'सम्झीसम्झी हिंसाप्रतिको पुरानो लगाव सम्झिएको जस्तो मात्रै लाग्छ मलाई। जेहोस् नेपाल हिंसाको पक्षमा हुन सक्दैन। नेपाली जनतामा परस्परमा लड्ने, लडाउने कुरालाई स्वीकार गर्न सकिँदैन । हिजो पनि सकिँदैनथ्यो, आज पनि सकिँदैन र, भोलि पनि सम्भव छैन।’

ओली अध्यक्ष रहेको एमाले आफैं मुख्य सत्ता साझेदार दल हो। सरकारले सार्वजनिक बिदा दिएर जनयुद्ध दिवस मनाउने निर्णय गर्दा उनले कुनै प्रतिक्रिया दिएका थिएनन्।


प्रकाशित: Feb 23, 2023| 12:43 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...