शनिबार, असार १४, २०८२

सिंहदरबारमा प्रचण्ड–माधव नेपाल वार्ता

छलफल २५ फागुनको राष्ट्रपति निर्वाचनमा उठाइने उम्मेदवार र कांग्रेसतिर हाम फालेर पुरानो पाँच दलीय गठबन्धनलाई ब्युँताउने विषयमा केन्द्रित रहेको छ।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

काठमाडौं– राष्ट्रपति निर्वाचनलाई लिएर राजनीतिक दलहरु वार्तामा भइरहेका बेला सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच सिंहदरबारमा छलफल चलिरहेको छ। माओवादी संसदीय दलको कार्यालय सिंहदबारमा दुई नेता छलफलमा रहेको प्रधानमन्त्रीको सचिवालयले बताएको हो।

प्रचण्ड–माधवबीचको छलफलमा नेकपा एसका नेता घनश्याम भुसाल पनि सहभागी छन्। छलफल २५ फागुनको राष्ट्रपति निर्वाचनमा उठाइने उम्मेदवार र कांग्रेसतिर हाम फालेर पुरानो पाँच दलीय गठबन्धनलाई ब्युँताउने विषयमा केन्द्रित रहेको छ। बुधबार अध्यक्ष नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि यही विषय वरपर रहेर छलफल भएको थियो। 

प्रकाशित: Feb 23, 2023| 12:32 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...