काठमाडौं– निर्वाचन आयोगले १३ फागुनमा राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयनको कार्यतालिका सार्वजनिक गरिसकेको अवस्था राजनीतिक दलहरू समीकरण जोडघटाउमा लागेका छन्।
राष्ट्रपति उम्मेदवारको टुंगो लगाउन राजनीतिक दलका नेताहरू कतै गोप्य मन्त्रणा त कतै बहुपार्टीगत रुपमा गुप्तबासमा रहेका हुन्।राष्ट्रपतिमा आकांक्षी कांग्रेस, एमाले, नेकपा एस, जसपा, लोसपालगायत दलका नेताहरूले चुनावी अंकगणितबारे रणनीति बनाउन बैठक गरिरहेका छन्।
एमालेको समर्थनमा १० पुसमा सरकारको नेतृत्व गरी प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डको पार्टीले राजनीतिक सहमतिविपरीतका गतिविधि बाहिर ल्याएपछि सात दलीय गाँठो फुस्किने अवस्था आएको छ। राष्ट्रपति निर्वाचनमा उठाइने उम्मेदवारबारे आजै नेकपा माओवादीले कांग्रेस, एकीकृत समाजवादी र जसपासँग छुट्टाछुट्टै छलफल गर्दै छ।
राष्ट्रपति उम्मेदवारको टुंगो लगाउन राजनीतिक दलका नेताहरू कतै गोप्य मन्त्रणा त कतै बहुपार्टीगत रुपमा गुप्तबासमा रहेका हुन्।
प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई बालकोट गठबन्धनबाट बाहिरिएर पुरानै गठजोडलाई ब्युँताउने गरी धुम्बाराही खेमामा आउने भरोसा दिलाएका छन्। पाँच दलीय गठबन्धन ब्युँतिनासाथ आजै बेलुकी बैठक बसेर राष्ट्रपति निर्वाचनमा उठाइने उम्मेदवारलाई साझा मान्ने तयारीमा माओवादीले कांग्रेससँग सहमति गरिसकेको बताइन्छ।
बुधबार पनि राष्ट्रपति निर्वाचनमा उठाइने उम्मेदवारलाई लिए कांग्रेस र माओवादी केन्द्रबीच छलफल भएको थियो। उक्त छलफलपछि नेताहरूले पुरानो सत्ता गठबन्धन ब्युँताउने विषयमा सहमति नजिक पुगेको बताएका थिए।
आगामी २५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुने कार्यतालिका छ। ९ पुसमा एमाले नेतृत्वको सात दलीय गठबन्धन बनेर अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको थियो। सोही गठबन्धनले प्रधानमन्त्रीमा प्रचण्डलाई अगाडि सारेको थियो। सात दलीय गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टी सहभागी छन्। यद्यपि जसपा र नागरिक उन्मुक्तिले भने संघीय सरकारमा सहभागिता जनाएका छैनन्।