शनिबार, असार १४, २०८२

के पुरानो गठबन्धन ब्युँतिन लागेको हो?

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच आज साँझसम्म पुरानो गठबन्धन ब्युँताउने गरी छलफल अगाडि बढेको छ।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

काठमाडौं- नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच आज साँझसम्म पुरानो गठबन्धन ब्युँताउने गरी छलफल अगाडि बढेको छ। कांग्रेस, माओवादी र समाजवादीबीच बुधबार भएको छलफलमा पुरानो गठबन्धन ब्युँताउने सहमति भएको हो।

कांग्रेसका एक नेताले चुनावअघिकै गठबन्धन ब्युँताउनेगरी समझदारीमा पुगेको प्रतिक्रिया दिए। उनका अनुसार यस विषयमा एकीकृत समाजवादी र जनता समाजवादीसँग पनि एक चरणमा कुराकानी भएको छ। 

देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीको बैठकलगत्तै सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए।

त्यसलगत्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका प्रभावशाली नेताहरू घनश्याम भुसाल र बेदुराम भुसालसँग छलफल गरेका थिए ।

उनीहरूसँगको छलफलपछि केही पदाधिकारीसहित बालुवाटार पुगेका देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पुरानै गठबन्धन ब्युँताउन प्रस्ताव गरेका थिए।

जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टीले निर्णय गर्ने अधिकार आफूलाई दिएको भए पनि बिहीबार नेताहरूसँग बसेर निर्णय गर्ने बताएका थिए।

पुरानो गठबन्धन विउताउँदा सिके राउत नेतृत्वको जनमत, नागरिक उन्मुक्ति पार्टीलाई पनि समेटेर मजबुत गठबन्धन बनाएर जाने कांग्रेस र माओवादीले बैठकबाट निष्कर्ष निकालेको स्रोतले जनाएको छ। यस विषयमा आज माधव नेपाल, उपेन्द्र यादव, महन्थ ठाकुर, सिके राउतलगायतसँग छलफल हुने भोलि बेलुकासम्म सबैजना बसेर सम्झौता गरेर टुंग्याइने कांग्रेस उच्च स्रोतले जनाएको छ।

प्रकाशित: Feb 23, 2023| 07:16 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...