राष्ट्रपति निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
आफ्नो अस्थायी निवास धुम्बाराहीमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेतासँग छलफल गरेर देउवा प्रधानमन्त्री प्रचण्डलाई भेट्न उनको सरकारी निवास पुगेका हुन्।
देउवाभन्दा अघि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगेका थिए। खड्काले प्रचण्डसँग छलफल गरेपछि देउवा पुगेका हुन्। देउवाले आजै जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेतासँग छलफल गरेका थिए भने आज बिहानै लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि देउवा निवास पुगेका थिए।
प्रकाशित: Feb 22, 2023| 19:16 बुधबार, फागुन १०, २०७९