शनिबार, असार १४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपति निर्वाचनमा यी तीन सांसदले मत दिन नपाउने, फरार सांसद कोइरीको नाम भने समावेश

राष्ट्रपति निर्वाचनमा यी तीन सांसदले मत दिन नपाउने, फरार सांसद कोइरीको नाम भने समावेश

बुधबार निर्वाचन अधिकृतको कार्यालयले संघीय संसद्का ३३१ र प्रदेश सांसद ५५० गरी ८८१ जनाको नामावली प्रकाशन गरेको हो।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं- निर्वाचन आयोगले यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि मतदान गर्ने उम्मेदवारको नामवली प्रकाशन गरेको छ। बुधबार निर्वाचन अधिकृतको कार्यालयले संघीय संसद्का ३३१ र प्रदेश सांसद ५५० गरी ८८१ जनाको नामावली प्रकाशन गरेको हो।

नामावलीमा तीन संघीय सांसदको नाम भने समावेश छैन। नागरिकता मुद्दामा सर्वोच्च अदालतले सांसदसहित मन्त्रीबाट निलम्बन गर्ने फैसला गरेका रास्वपाका सभापति रवि लामिछाने र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बनमा परेका टेकबहादुर गुरुङको नाम नामावलीमा समावेश छैन।

यस्तै नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको नाम पनि आयोगले समावेश गरेको छैन। ट्याक्टर आगजनीमा केही समयअघि पक्राउ परेकोमा उनले प्रजातन्त्र दिवसमा राष्ट्रपतिबाट आममाफी पाइसकेका छन्।

यद्यपि फरार सूचीमा रहेका लक्ष्मी महतो कोइरीको नाम भने आयोगको नामावलीमा समावेश छ। उनलाई मधेस आन्दोलनका क्रममा प्रहरी असई थमन विकको हत्या अभियोगमा २०७७ मा जनकपुर उच्च अदालतले पुर्पक्षका लागि उनलाई जेल चलान गर्न आदेश दिएको थियो। अहिले कोइरी प्रहरीको फरार सूचीमा छन्।

प्रकाशित: Feb 22, 2023| 17:56 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...