शनिबार, असार १४, २०८२

दुई महिने छोरी बोकेर संसद् यात्रा

कांग्रेस सांसद माया राई संसद् बैठकमा भाग लिन आउँदा दुई महिने छोरी ल्याउन छुटाउँदिनन्।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं– ७ पुसमा संसदीय दलको चुनाव हुँदा सुत्केरी भएकी कांग्रेस सांसद माया राई संसद् बैठकमा भाग लिन आउँदा दुई महिने छोरी ल्याउन छुटाउँदिनन्। 

बुधबारको संसद् बैठकमा पनि उनले छोरीलाई सँगै लिएर आइन्। गाडीमा सहयोगीको साथ लगाएर छोरीलाई बाहिर राखेकी उनी दूध खुवाउन भने बैठकबाट बाहिर निस्किरहन्छिन्।

बुधबार उनकी छोरी दुई महिना ६ दिनकी पुगेकी छन्। त्यसपछि छोरीलाई गाडीमै राखेर बैठकमा सहभागी भएको उनले सुनाइन्। संसदीय दलको चुनावमा अस्पतालबाटै उनको मत खाममा सिलबन्दी गरेर ल्याइएको थियो। 

प्रकाशित: Feb 22, 2023| 15:54 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...