शनिबार, असार १४, २०८२

नेकपा एसको प्रस्टीकरण– राष्ट्रपतिबारे कतैबाट प्रस्ताव आएकै छैन

नेकपा एसका अध्यक्ष नेता नेपाललाई राष्ट्रपतिबारे अहिलेसम्म कसैले पनि प्रस्ताव नगरेको दाबी।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं– माधवकुमार नेपाललाई एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिन मनाएको समाचार सार्वजनिक भएपछि नेकपा एसले हालसम्म कहीं–कतैबाट प्रस्ताव नआएको प्रस्टीकरण दिएको छ। 

बुधबार पार्टी मुख्यालय तीनकुनेमा बसेको सचिवालय बैठकपछि पार्टीका सम्मानित नेता  नेता झलनाथ खनाल र प्रवक्ता जगन्नाथ खतिवडाले राष्ट्रपतिबारे अहिलेसम्म पार्टीलाई कसैले पनि प्रस्ताव नगरेको दाबी गरेका हुन्।

नेता खनालले भने, ‘सचिवालय बैठकमा अध्यक्ष नेपालले अहिलेको परिस्थिति र नेताहरूसँग भएका भेटवार्ताबारे ब्रिफिङ गर्नुभयो। राष्ट्रपतिका लागि आएको प्रस्तावबारे बोल्नुभएन। त्यस कारण यसलाई हल्ला ठानियो।’

राष्ट्रपति निर्वाचनलगायत विषयमा अन्य दलहरूसँग पनि पार्टीले छलफल गर्ने उनले बताए। नेता खनालले एमालेसँग नेकपा एस गाँसिने विषय पनि हावादारी रहेको दाबी गरे। 

प्रवक्ता खतिवडाले सचिवालय बैठकले २ वटा निर्णय गरेको जानकारी दिए। बैठकले अग्रगमन शक्तिसँग छलफल गर्ने र राष्ट्रपति निर्वाचनबारे दलहरूसँग परामर्श गर्ने निर्णय गरेको उनले बताए। राष्ट्रपति राजनीतिक दलभित्रैबाट हुनुपर्छ भन्ने पार्टीको धारणा रहेको उनको भनाइ छ।

प्रकाशित: Feb 22, 2023| 15:28 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...