शनिबार, असार १४, २०८२

रवीन्द्र मिश्रको प्रस्ताव- पूर्वराजालाई बनाऔं राष्ट्रपति

सामाजिक सञ्जालमा स्टाटस लेख्दै मिश्रले राष्ट्रप्रमुखको रुपमा ज्ञानेन्द्रलाई प्रस्ताव गरेका हुन्।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रपतिको रुपमा अघि सार्न सुझाव दिएका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै मिश्रले राष्ट्रप्रमुखको रुपमा ज्ञानेन्द्रलाई प्रस्ताव गरेका हुन्।

मिश्रले भनेका छन्- 'यस्तो स्थितिमा राजालाई ‘राष्ट्रप्रमुख’का रूपमा विचार गर्ने कि? राष्ट्रपतिलाई राजनीतिभन्दा माथिको पद भनियो। तर राष्ट्रपतिको भूमिका सदा पार्टीगत रह्यो। सेनाबाहेक देशका सबै संस्था क्षयीकृत छन्। समाज महाभ्रष्ट छ। आईक्यु संसारमै सबैभन्दा कम छ। धर्मसंस्कृतिमाथि धावा बोलिएको छ। देश अन्तर्राष्ट्रिय भूराजनीतिको चपेटामा पर्दैछ/परिसक्यो।

यस्तो अवस्थामा कहिले ‘होली वाइन’, कहिले ‘विदेशीका एजेण्ट’, कहिले ‘नातावादमा लिप्त’, कहिले ‘भ्रष्ट’ र ‘राष्ट्रघातमा अभ्यस्त’हरूको नाम राष्ट्रपतिको पदका लागि चर्चामा छ। राष्ट्रपतिको संस्था भनेको संकटको घडीमा आड दिने ‘कुशन’ हुनु पर्ने हो। तर त्यो कुशासनको केन्द्रविन्दू बनेको छ।

देश नै निरन्तर कमजोर, वदनाम र संकटउन्मुख बन्दै गएको अवस्थामा राजा ज्ञानेन्द्रलाई ‘राष्ट्रप्रमुख’का रूपमा किन अघि नसार्ने?  अरूले दशकौंसम्म दिनदिनै राष्ट्रघात गर्दा क्षम्य हुने। अहिले पनि चौतर्फी रूपमा व्यापक स्वीकार्यता भएको र देशको दिर्घकालीन शान्ति, स्थिरता, सम्मान र सार्वभौमिकताका लागि राजा ज्ञानेन्द्रले एक पटक गरेको ‘गल्ती’ सुधार्ने मौका पाउन नहुने?

राजा ज्ञानेन्द्रले भने झैं, अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन।'

दलहरु अहिले राष्ट्रपतिको रस्साकस्सीमा छन्। भावी राष्ट्रपतिको रुपमा कैयौंको नाम चर्चामा आए पनि कसैमा राष्ट्रिय सहमति बन्न सकेको छैन। यही फागुन २५ गते राष्ट्रपतिको चुनाव हुँदैछ र त्यसका लागि १३ फागुनमा उम्मेदवारी मनोनयन हुने कार्यतालिका छ।

प्रकाशित: Feb 22, 2023| 14:54 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...