आइतबार, असार १५, २०८२

प्रतिनिधिसभामा लाल आयोगको प्रतिवेदनबारे सोधीखोजी

नागरिक उन्मुक्तिका सांसद चौधरीद्वारा टीकापुर घटनाका सम्बन्धमा अध्ययन गरिएको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक नगरिए सदन अवरुद्ध गरिने चेतावनी।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाका सम्बन्धमा सरकारबाट गठित छानबिन समितिले तयार पारेको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्ने माग गरेको छ।

बुधबार प्रतिनिधिसभाको बैठकमा पार्टी संरक्षक रेशम चौधरीलाई रिहा गर्ने प्रतिबद्धता कार्यान्वयन नभएको नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले सभामुखको ध्यानाकर्षण गराए।

चौधरीले टीकापुर घटनाका सम्बन्धमा अध्ययन गरिएको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्ने माग गरे। नागरिक उन्मुक्तिले लाल आयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा मागेको छ।

‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक–पटक भनिरहे पनि प्रधानमन्त्रीबाट रेस्पोन्स भएको छैन,’ नागरिक उन्मुक्तिका सांसद गंगाराम थारुले भने। विगतमा पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गरिए पनि सुनुवाइ नभएकाले सदन अवरोध गरिने चेतावनी उनले दिए।

प्रकाशित: Feb 22, 2023| 14:03 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...