आइतबार, असार १५, २०८२

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली

संकटमा परेको सत्ता गठबन्धनलाई जोगाइराख्ने पहलस्वरुप एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं– नयाँ राष्ट्रपतिको उम्मेदवारका विषयमा एमाले र माओवादी केन्द्रबीच कुरा नमिलेकै कारण सात दलीय गठबन्धन संकटमा परेको छ। संकटमा परेको सत्ता गठबन्धनलाई जोगाइराख्ने पहलस्वरुप एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्।

ओली र प्रचण्डबीच बाक्लो भेटवार्ता भए पनि राष्ट्रपति निर्वाचनमा दुई दल एक ठाउँ नउभिँदा राजनीतिक अस्थिर बनिरहेको छ। प्रचण्डले राष्ट्रपति राष्ट्रिय सहमतिअनुसार चयन गरिनुपर्ने बताएर कांग्रेसलाई भरोसा दिलाएपछि एमालेले त्यसको विरोध गर्दै आएको छ।

एमालेको समर्थनमा १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डलाई २६ पुसमा कांग्रेसले संसदमा विश्वासको मत दिएको थियो। त्यसपछि प्रचण्ड कांग्रेसतिर ढल्किएसँगै नेताबीच घन्टौं छलफल भए पनि विश्वासको वातावरण बन्न सकेको छैन।

बधुबारको भेटमा राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन दर्ता गर्न दुई दिन मात्र समय बाँकी रहँदा ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल २८ फागुनमा सकिने हुँदा २५ फागुनमा निर्वाचन हुँदै छ। त्यसका लागि निर्वाचन आयोगले १३ फागुनमा मनोनयन दर्ता कार्यक्रम बनाएको छ।

प्रकाशित: Feb 22, 2023| 11:29 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...