काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठसँग छलफल गरेका छन्।
मंगलबार दिउँसो ओलीलाई भेट्न श्रेष्ठ उनको निवास बालकोट पुगेका थिए। श्रेष्ठ र ओलीबीच करिब एक घण्टा कुराकानी भएको थियो।
ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति उम्मेदवारको रुपमा अघि सार्ने चर्चाबीच भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ। किसान श्रेष्ठ नेकपा एसका प्रभावशाली नेता हुन्।