काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटालाई नियुक्त गरेका छन्। सापकोटालाई १ फागुनदेखि लागू हुने गरी परराष्ट्र सल्लाहकारमा नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले बताएको हो।
चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका सापकोटा पूर्वसभामुख अग्निप्रसादका छोरा हुन्। उनले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका छन्।
उनले त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापन गराउँदै आएका छन्। त्रिविो अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषय समिति सदस्यका रुपमा पनि सापकोटाले जिम्मेवारी वहन गदै आएका छन्। सापकोटा अघिल्लो पटक केपी ओली प्रधानमन्त्री भएका बेला परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक थिए।
प्रधानमन्त्री प्रचण्डको प्रशासन जनसम्पर्क विज्ञमा रामदीप आचार्य नियुक्त भएका छन्। जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली, बुद्धि जिसी नियुक्त भएका छन्।
प्रधानमन्त्री प्रचण्डले राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेललाई नियुक्त गरिसकेका छन्। प्रेस विज्ञमा मनहरि तिमल्सिना, प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भएका छन्। प्रधानमन्त्रीको स्वकीय सहसचिवमा गोकर्णप्रकाश भट्ट र आइटी विज्ञमा प्रकाश रायमाझी नियुक्त भइसकेका छन्।
प्रधानमन्त्री नियुक्त भएकै दिन मुख्य स्वकीय सचिवमा सन्तकुमार दरै, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाल नियुक्त भएका थिए। शिव खकुरेल पनि प्रधानमन्त्रीको सचिवालयमा छन्। फोटो विशेषज्ञमा प्रदीपराज वन्तलाई नियुक्त गरिएको छ। प्रधानमन्त्रीको आर्थिक सल्लाहकार भने अझै नियुक्त भएका छैनन्।