आइतबार, असार १५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपति निर्वाचनबारे खुलेनन् माधव नेपाल, भने- कतिपय कुरा पर्दाभित्रै रहेको राम्रो

राष्ट्रपति निर्वाचनबारे खुलेनन् माधव नेपाल, भने- कतिपय कुरा पर्दाभित्रै रहेको राम्रो

मंगलबार दाङको भालुवाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले बाहिर हल्ला आएजस्तो आफूलाई कुनै प्रस्ताव नआएको बताएका हुन्।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति बन्ने ठोस प्रस्ताव नआएको बताएका छन्। मंगलबार दाङको भालुवाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले बाहिर हल्ला आएजस्तो आफूलाई कुनै प्रस्ताव नआएको बताएका हुन्। 

उनले भने, 'म आफैंले पनि राष्ट्रपति बन्ने कि नबन्ने भन्ने विषयमा अझै सोच बनाएको छैन। यद्यपि यो विषयमा विभिन्न दलहरूसँग छलफल भइरहेको छ,' उनले भने।

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले राष्ट्रपति बन्न आफूलाई  प्रस्ताव गरेको समाचार बाहिर आए पनि कतिपय कुरा पर्दाभित्र रहन दिँदा नै उपयुक्त हुने उनको भनाइ थियो।उनले भने, `चाहना राख्ने कुरा बेग्लै हो। मैले नै के गर्ने भन्ने सोचिसकेको छैन। हाम्रो पार्टीले पनि के गर्ने भन्ने निर्णय गरिसकेको छैन।’

यसपटक पावर सेयरिङमा आफ्नो भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले सधैं अरूका लागि बलिदान हुने स्थिति नहुने बताए। राष्ट्रपतिको लागि बृहत् छलफलको आवश्यकता रहेको उनले बताए। 

चुनावअघि राष्ट्रपतिका लागि झलनाथ खनालको नाममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहमत भएको उनले सुनाए।

प्रकाशित: Feb 21, 2023| 13:26 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...