आइतबार, असार १५, २०८२

राष्ट्रपति उम्मेदवार गैरदलीय हुनैपर्छ : शेखर कोइराला

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी दर्ता कार्यक्रम छ। तर राजनीतिक दलहरु अहिलेसम्म नयाँ राष्ट्रपतिमा उठाउने उम्मेदवारबारे केही बोलेका छैनन्।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

काठमाडौं– कांग्रेसले राजनीतिक दल बाहिरका व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने नेता डा. शेखर कोइरालाले बताएका छन्। मंगलबार सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटमा कोइरालाले यस्तो बताएका हुन्। 

राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्न सबै दलले प्रयास गर्नुपर्ने र कांग्रेसलाई समर्थन गरे मात्र सहमति हुन सक्ने उनको दाबी छ। २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी दर्ता कार्यक्रम छ। तर राजनीतिक दलहरु अहिलेसम्म नयाँ राष्ट्रपतिमा उठाउने उम्मेदवारबारे केही बोलेका छैनन्।

माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गरे सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा आइरहेका बेला कोइरालाले राष्ट्रपतिको उम्मेदवार गैरदलीय व्यक्ति हुनुपर्ने बताएका हुन्।

कांग्रेसबाट सम्भावित राष्ट्रपतिको उम्मेदवारबारे अड्कल भइरहेका बेला नेकपा एसबाट अध्यक्ष माधवकुमार नेपाल, एमालेबाट ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्यलगायतको नाम अगाडि सारिएको छ। माओवादीको सोमबार बसेको पार्टी पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनमा कुन पार्टीलाई समर्थन गर्ने भन्ने अन्तिम निर्णय लिने जिम्मा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।

प्रकाशित: Feb 21, 2023| 11:09 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...