आइतबार, असार १५, २०८२

प्रचण्डले गठबन्धन टुटाए चरम अवसरवाद : नेता योगेश भट्टराई

सत्ता गठबन्धन टुटाउन एमालेले कुनै बिजनेस नगर्ने नेता भट्टराईको धारणा।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

काठमाडौं– एमाले सचिव योगेश भट्टराईले सत्ता गठबन्धन टुटाउन एमालेले पहल नगरे पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल अस्थिर रहेकाले भरोसा नभएको बताएका छन्।

मंगलबार सुर्खेतको दैलेखमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले गठबन्धनको भविष्यलाई लिएर यस्तो बताएका हुन्। 

सत्ता गठबन्धन टुटाउन एमालेले कुनै बिजनेस नगर्ने उनको भनाइ छ। उनले भने, ‘अस्थिर राजनीतिले कसैलाई फाइदा हुँदैन। कुनै गन्तव्यमा पुग्न स्थायित्व हुनुपर्ने हो। तर प्रचण्डमा त्यो स्थिरता देखिँदैन। प्रचण्डले यो गठबन्धन टुटाए चरम अवसरवादी भएको प्रमाण हुनेछ।’ 

भट्टराईले सत्ता गठबन्धनका उम्मेदवारबाटै राष्ट्रपतिको उम्मेदवार बन्ने हुँदा कांग्रेसले नैतिक रुपमा समर्थन गर्न नमिल्ने बताए।

प्रकाशित: Feb 21, 2023| 10:51 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...