सोमबार, असार १६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसतिर ढल्कियो माओवादी, राष्ट्रपति निर्वाचनमा स्वार्थ मिल्नेसँग सहकार्य

कांग्रेसतिर ढल्कियो माओवादी, राष्ट्रपति निर्वाचनमा स्वार्थ मिल्नेसँग सहकार्य

पुस १० मा एमालेसँग भएको सत्ता साझेदारीको परिस्थिति बदलिएको भन्दै माओवादी कांग्रेसतिर ढल्किएको हो।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

काठमाडौं- सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले आफ्नो स्वार्थ मिल्नेसँग राष्ट्रपति निर्वाचनमा सहकार्य गर्ने निष्कर्ष निकालेको छ। पुस १० मा एमालेसँग भएको सत्ता साझेदारीको परिस्थिति बदलिएको भन्दै माओवादी कांग्रेसतिर ढल्किएको हो।

सोमबार साँझ बसेको पदाधिकारी बैठकपछि पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले स्वार्थ जोसँग मिल्छ, उसैसँग सहकार्य गरिने बताए। उनले भने, 'पुस १० भन्दा अहिले परिस्थिति फेरिएको छ। गणतन्त्र, संविधानको रक्षा र शान्ति प्रक्रिया टुंगो लगाउने विषय हाम्रा स्वार्थ हुन्। यी स्वार्थमा जोसँग मिल्छ, त्यससँग सहकार्य हुन्छ। हामीले राष्ट्रिय सहमति भनेका छौं। त्यसका लागि उम्मेदवारी दिने बेलासम्म कोसिस हुन्छ।'

आजको बैठकमा एउटामात्र एजेण्डा राष्ट्रपति निर्वाचनबारे छलफल भएको थियो। बैठकमा अध्यक्ष प्रचण्डले अहिलेसम्म दलहरुसँग भएका वार्ताको ब्रिफिङ गरेका थिए।

बैठकले राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय गर्ने जिम्मेवारी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ। महराले भने, 'राष्ट्रिय सहमति हुनुपर्छ भन्ने छलफल भयो। कुनै व्यक्ति विशेषको कुरा भएन। यो विषयमा अन्तिम निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डलाई दिइएको छ।’ यसका लागि अन्य पार्टीका नेताहरूसँग पनि कुराकानी गरिने उनले बताए।

प्रकाशित: Feb 20, 2023| 18:56 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...