सोमबार, असार १६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • जनता र शहीद परिवारबाट सुझाव लिएर पार्टीको पुनःसंरचना : प्रधानमन्त्री दाहाल

जनता र शहीद परिवारबाट सुझाव लिएर पार्टीको पुनःसंरचना : प्रधानमन्त्री दाहाल

पार्टीको गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले केन्द्रीय समितिको बैठकअघि तलसम्म गएर जनता र कार्यकर्ताको सुझाव लिएर आउन आग्रह गरे।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

पोखरा- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीका सबै नेता कार्यकर्तालाई दुई महिना जनता, शहीद परिवार, घाइते र बेपत्ता योद्धाका बीचमा जान निर्देशन दिएका छन्।

पार्टीको गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले केन्द्रीय समितिको बैठकअघि तलसम्म गएर जनता र कार्यकर्ताको सुझाव लिएर आउन आग्रह गरे। उनले भने, ‘माथि माथिकाले ल्याएका कुराले समस्या त्यति समाधान हुन सकेन। हामी आफ्ना-आफ्ना कुरामात्र लिएर आउने भइयो। दुई महिना जनतामा गएर सुझाव लिएर आउनुहोला। जनताका सुझावका आधारमा पार्टी पुनःनिर्माण गर्नेछौँ।’

प्रधानमन्त्री दाहालले हाल पार्टी अप्ठ्यारोमा रहेकाले जनताको सुझाव र आलोचनाका आधारमा आफूले डकुमेण्ट बनाउने र त्यसलाई केन्द्रीय समितिमा लग्ने बताए। उनले केही समूहसँग तत्काल पार्टी एकताको सम्भावना रहेको जानकारी दिए। 

‘पार्टी एकताको सम्भावना भएकासँग एकता गर्ने, नभएकासँग समाजवादी मोर्चा बनाउने र छलफल गर्दै गएर बामपन्थी धुव्रिकरणको बाटो अबलम्बन गर्नुपर्ने हुन्छ।’ प्रधानमन्त्रीले भने, ‘केही समूहसँग तत्काल पार्टी एकतासमेतको सम्भावना देखिएको छ। यसरी पार्टीलाई पुनःगठन गर्दै जनआधार विस्तारको सम्भावना पैदा हुन्छ।’

जनतालाई आशा दिलाउने काम अहिलेको सरकारले गरेकाले जनतालाई सरकारका काम बुझाउन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे। प्रधामन्त्री दाहालले १२ बुँदे सहझदारीका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्ने अवस्था अहिले रहेको बताएका छन्।

राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको मिति घोषणा भइसकेकाले देशको आर्थिक, राजनीतिक, सांस्कृतिक पक्षलाई हेर्दा संविधान, गणतन्त्र र शान्ति सम्झौताका लागि काम गरेका पार्टी एक ठाउँमा अभिनुपर्ने बेला आएको उनको भनाइ थियो।


प्रकाशित: Feb 20, 2023| 18:10 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...