सोमबार, असार १६, २०८२

राष्ट्रपति निर्वाचनबारे के निर्णय गर्ला माओवादीले?

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने धारणा राखिरहेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले यसबारे पार्टीका नेताहरुको राय बुझ्न पदाधिकारी बैठक बोलाएका हुन्।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा बसिरहेको छ। राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने धारणा राखिरहेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले यसबारे पार्टीका नेताहरुको राय बुझ्न पदाधिकारी बैठक बोलाएका हुन्।

२५ फागुनमा हुने राष्ट्रपति चुनावमा कांग्रेसलाई समेटेर लैजानुपर्ने धारणा दाहालले राख्दै आएका छन्। यसबारेमा उनले कांग्रेस नेताहरुसँग कुराकानी पनि गरिरहेका छन्। आज उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटेका छन्। नेपालसँगको भेटपछि प्रधानमन्त्री दाहाल पार्टी कार्यालय पुगेका हुन्।

यसअघि नेकपा एमालेसहित सत्ता गठबन्धन दलहरूसँग भएको सहमतिअनुसार गठबन्धन दलहरूको तर्फबाट साझा उम्मेदवार बनाउने भनिएको थियो। यसअनुसार नेकपा एमालेले अघि सारेको व्यक्ति राष्ट्रपति हुनुपर्ने अडान एमाले अध्यक्ष केपी ओलीको छ। तर प्रचण्डले कांग्रेसलाई समेट्नुपर्ने धारणा राखेपछि सत्ता गठबन्धनकै भविष्य अन्योलमा परेको छ।

राष्ट्रपतिबारे प्रचण्डको लाइनबाट हौसिएको कांग्रेस माओवादी निर्णयको पर्खाइमा छ।
प्रकाशित: Feb 20, 2023| 17:47 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...