सोमबार, असार १६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सिंहदरबारमा प्रचण्ड–माधव नेपाल वार्ता, एजेन्डा राष्ट्रपति निर्वाचन

सिंहदरबारमा प्रचण्ड–माधव नेपाल वार्ता, एजेन्डा राष्ट्रपति निर्वाचन

माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच राष्ट्रपति निर्वाचन र गठबन्धनको भविष्यलाई लिएर एक घन्टादेखि छलफल चलिरहेको हो।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

काठमाडौं– २५ फागुनमा हुने नयाँ राष्ट्रपति निर्वाचनको जोडघटाउ भइरहेका बेला सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा छलफल भएको छ।

सोमबार माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच राष्ट्रपति निर्वाचन र गठबन्धनको भविष्यलाई लिएर एक घन्टादेखि छलफल चलिरहेको हो।

राष्ट्रपति निर्वाचनमा कांग्रेसले उठाएको उम्मेदवारलाई समर्थन गर्ने वचन दिएका प्रधानमन्त्री प्रचण्डले एमालेबाट अध्यक्ष केपी ओलीले नेता नेपाललाई अगाडि सार्ने चर्चा चलिरहेका बेला दुई नेताबीच लामो छलफल भइरहेको हो। यद्यपि एमालेले नेता नेपाललाई आधिकारिक रुपमा राष्ट्रपतिको उम्मेदवार भने घोषणा गरिसकेको छैन।

प्रकाशित: Feb 20, 2023| 16:51 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...