सोमबार, असार १६, २०८२

लुम्बिनी प्रदेश सरकारमा मिसियो जसपा

मुख्यमन्त्री लीला गिरीको सिफारिसमा जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त भएका हुन्।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले तेस्रोपल्ट मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री लीला गिरीको सिफारिसमा जनता समाजवादी पार्टी (जसपा)का भण्डारीलाल अहिर आइतबार मन्त्री नियुक्त भएपछि आज सपथ लिएका हुन्। उनलाई कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त गरिएको हो। 

सोमबार अहिरलाई मुख्यमन्त्रीको उपस्थितिमा प्रदेश प्रमुख शेरचनले पद तथा गोपनीयताको सपथ खुवाए। एक साताअघि एमालेबाट कृषिमन्त्री बनेका तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालय हेर्ने गरी जिम्मेवारी तोकिएको छ। 

मुख्यमन्त्री गिरीले माओवादी केन्द्रबाट आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्रीको जिम्मेवारी तोकेका मन्त्री कृष्णा केसीले अहिलेसम्म पद वहाली गरेकी छैनन्। उनको पद वहाली नभएसम्म आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्रीको जिम्मेवारी खानेपानी, ग्रामीण तथा सहकारीमन्त्री चेतनारायण आचार्यलाई तोकिएको छ।

प्रकाशित: Feb 20, 2023| 14:42 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...