प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटघाट भएको छ। सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच कुराकानी भएको हो।
भेटमा राष्ट्रपतिको चुनाव र चितवन-२ मा हुने उपनिर्वाचनका विषयमा छलफल भएको बताइएको छ। सर्वोच्च अदालतको फैसलाबाट रविको सांसद र मन्त्री पद गएपछि उनको पार्टी सरकारबाट बाहिरिएको छ। यद्यपि सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ।