सोमबार, असार १६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस क्याम्पमा हाम फाल्दै प्रचण्ड, पुरानो गठजोड ब्युँतिने संकेत

कांग्रेस क्याम्पमा हाम फाल्दै प्रचण्ड, पुरानो गठजोड ब्युँतिने संकेत

सभापति देउवा, वरिष्ठ नेता पौडेल, सिटौला र महामन्त्री गगनकुमार थापा बालुवाटार पुगेर प्रचण्डसँग राष्ट्रपतिका लागि मात्रै छलफल गरेनन्, सात दलीय गठबन्धन भत्काएर नेकपा माओवादीलाई कांग्रेस क्याम्प अर्थात् पुरानै पाँच दलीय गठबन्धनमा ल्याउन मोटामोटी सहमतिसमेत गरेका छन्।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

काठमाडौं– सात दलीय गठबन्धनबाट सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बालुवाटार निवास पुगेका कांग्रेस नेताहरूलाई ‘राष्ट्रपति’ मात्रै दिएनन्, १० पुसअघिको गठबन्धन भत्काएकामा पछुतोसमेत माने।

प्रचण्डसँगको बालुवाटार भेटमा सरकार गुमेपछि छटपटहाटमा परेको कांग्रेस विशेषगरी पार्टी सभापति शेरबहादुर देउवाले १० पुसमा नेकपा माओवादीलाई प्रधानमन्त्री नदिएर गठबन्धन टुट्नु कमजोरी भएको स्वीकारे। अब बन्ने समझदारीमा जुनसुकै परिस्थितिमा तल–माथि नगर्ने प्रतिबद्धता पार्टी सभापति देउवाले प्रचण्ड र कांग्रेसका अन्य नेताहरूसमक्ष जनाए।

प्रधानमन्त्रीका लागि प्रचण्ड र देउवाले अहं देखाएकै कारण ९ पुसअघिको पाँच दलीय गठबन्धन क्षणभरमै भताभुंग भएको थियो। यसको हुनुको कारण विगतमा पार्टी सभापति देउवाले आफू निकटलाई भेला पारेर बैठक बसाल्ने गर्थे। पार्टी पदाधिकारी सँगै बसेर प्रधानमन्त्रीको बार्गेनिङ गर्नुको साटो ‘व्यक्तिगत’ रुपमा प्रचण्डलाई बोलाएर गफिँदा गठबन्धन टुट्न पुगेको दुवै नेताले बालुवाटार भेटमा सुनाए। बालुवाटारको त्यो भेटमा अब आइन्दा कांग्रेसले संस्थागत रुपमा समझदारी गर्ने र त्यस्तो समझदारी पार्टीगत हुने वचन प्रधानमन्त्री प्रचण्डलाई दिएको बताइन्छ। 

आइतबारको बालुवाटार भेटमा पनि प्रचण्डलाई अहिलेको सात दलीय गठबन्धनबाट थुतेर पाँच दलीयभित्र अटाउने र सुरुका तीन वर्ष नेकपा माओवादीलाई प्रधानमन्त्री, त्यसकापछिका दुई वर्ष कांग्रेस र राष्ट्रपति निर्वाचनमा पनि कांग्रेसलाई सघाउने मोटामोटी सहमति भएको संकेत प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सोमबार गरेका छन्। 

बालुवाटारको भेटमा प्रधानमन्त्री प्रचण्डले क्याम्प फेरेपछि एमाले अध्यक्ष केपी ओलीले चाल्न सक्ने कदमबारे छलफल भएको थियो। त्यो छलफलमा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति उम्मेदवारमा अगाडि सारे के गर्ने भन्ने विषयसमेत उठेको थियो। तर देउवाले माधव नेपाल ओलीको बोलीमा नफस्ने वचन आफूलाई दिएको बताएर प्रचण्डको आशंकालाई थामथुम पारेका छन्। सात दलीय गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा एमालेतिरै रहने र उनीहरूबाट सहयोग नहुने प्रधानमन्त्री प्रचण्डले देउवालाई सुनाएका थिए।

प्रधानमन्त्रीका लागि प्रचण्ड र देउवाले अहं देखाएकै कारण ९ पुसअघिको पाँच दलीय गठबन्धन क्षणभरमै भताभुंग भएको थियो। यसको हुनुको कारण विगतमा पार्टी सभापति देउवाले आफू निकटलाई भेला पारेर बैठक बसाल्ने गर्थे। 

पाँच दलीय गठबन्धन ब्युँताउन कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीबीच तत्काल छलफल गर्ने तयारी भएको छ। यसका लागि कांग्रेस नेताहरूले अध्यक्ष नेपाल र उपेन्द्र यादवसँग छुट्टै छलफल गर्दै छन्। त्यो छलफलपछि माओवादीले निर्णय गर्नासाथ पुरानो गठबन्धन ब्युँतिने पक्कापक्की भएको कांग्रेस नेताहरूको दाबी छ।

पुरानो गठबन्धन र राष्ट्रपतिमा कांग्रेसलाई सघाउने अन्तिम निर्णय गर्न माओवादीले सोमबार बैठक बोलाएको छ। बैठकमा प्रचण्डले एमाले र कांग्रेस नेताहरूसँग भएको संवादबारे ब्रिफिङ गर्दै छन्। कांग्रेस क्याम्पमा हाम फाल्नुपर्ने प्रचण्डको निर्णय पार्टीभित्र भने विवादित हुन सक्छ किनकि सात दलीय गठबन्धनलाई भत्काउन नहुने अधिकांश नेकपा माओवादी नेताहरूको मत रहेको छ।

सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा बलुवाटार पुगेर प्रचण्डसँग राष्ट्रपतिका लागि मात्रै छलफल गरेनन्, सात दलीय गठबन्धन भत्काएर नेकपा माओवादीलाई कांग्रेस क्याम्प अर्थात् पुरानै पाँच दलीय गठबन्धनमा ल्याउन मोटामोटी सहमतिसमेत गरेका छन्। माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, जनार्दन शर्मा र शक्ति बस्नेतले सहभागिता जनाउने भनिए पनि ढिलो हुँदा प्रधानमन्त्री प्रचण्ड एक्लैले कांग्रेससँगको बालुवाटार बैठक सम्हालेका थिए।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति दिने विषय सत्ता साझेदार एमाले अध्यक्ष केपी ओलीलाई भनिसकेको सुनाएर कांग्रेस नेताहरूलाई पुलकित पारेका थिए। छलफलमा कांग्रेस नेताहरूले सरकारको निरन्तरतामा कुनै चिन्ता नगर्न प्रधानमन्त्री प्रचण्डलाई भरोसा दिलाएका थिए। 

प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपाल
यसअघि प्रवक्ता प्रकाशशरण महतले शुक्रबार मात्रै नेकपा माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सघाए पूरै कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री दिइने आश्वासनले पनि प्रधानमन्त्रीलाई क्याम्प फेर्न दबाब पुगेको ठानिन्छ। यसका लागि कांग्रेसले राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्नुअघि नै नेकपा माओवादी केन्द्रसँग विशेष सहमति गर्ने तयारी गरेको छ। पुस १० मा प्रचण्डलाई प्रधानमन्त्री बनाउन बनेको सात दलीय गठबन्धन भत्काउन कांग्रेसले उच्चस्तरीय राजनीतिक समझदारीको गृहकार्य गरेको यस घटनाबाट प्रस्टै देख्न सकिन्छ।

आइतबार बालुवाटार पुगेका कांग्रेस सभापति देउवासहितको पदाधिकारी टोलीले प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री बन्न औपचारिक प्रस्ताव गरेको थियो। कांग्रेसको प्रस्तावमा प्रचण्डले सहमति जनाएको बताइन्छ। कांग्रेसले राखेको प्रस्तावले राजनीतिक कोर्स बदल्ने संकेत देखाएको छ। बालुवाटारमा २ घन्टा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले विगतका कमजोरी सच्याएर नयाँ ढंगले अगाडि बढ्न आफू तयार रहेको र त्यसका लागि पाँच दलीय गठबन्धन ब्युँताउनुपर्ने सर्त अगाडि सारेका थिए। 

यसअघि प्रवक्ता प्रकाशशरण महतले शुक्रबार मात्रै नेकपा माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सघाए पूरै कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री दिइने आश्वासनले पनि प्रधानमन्त्रीलाई क्याम्प फेर्न दबाब पुगेको ठानिन्छ। 

बैठकपछि महामन्त्री गगन थापाले प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भएको छलफलले छिट्टै नयाँ संकेत देखाउने आशय व्यक्त गरेका थिए। उनले भनेका थिए, ‘बालुवाटार बैठकमा प्रधानमन्त्री प्रचण्डसँग मुख्यतः राष्ट्रपति निर्वाचमा कांग्रेसलाई सघाउन भनिएकामा उहाँ करिब करिब सहमत हुनुभएको छ। त्यसका लागि सोमबार नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसाल्छु र अन्तिम निर्णय गर्छौं भनेर हामीलाई आश्वासन दिनुभयो। अब कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमा नेकपा माओवादी केन्द्र पनि आउनुपर्छ।’ 

पुरानो गठबन्धनबाट अगाडि बढ्दा राम्रो हुने र राष्ट्रपतिमा कांग्रेसलाई सघाए पाँच वर्ष प्रचण्डलाई प्रधानमन्त्री मान्न कांग्रेस तयार रहेको दाबी नेता थापाले गरेका छन्। थापाले भनेझैं माओवादीले क्याम्प परिवर्तन गरे राष्ट्रपतिमा कांग्रेस उम्मेदवारको पल्ला भारी हुनेछ। राष्ट्रपतिको उम्मेदवारी मनोनयन कार्यतालिका १३ फागुनमा तय गरिएको छ। २५ फागुनमा राष्ट्रपतिको चुनाव हुँदै छ।

एमालेले पूर्वसर्तअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने अडान लिइरहेका बेला कांग्रेसले एमालेसहितको ७ दलीय गठबन्धन भत्काएर पुरानै ब्युँताउन कसरत गरिरहेको हो।

४ मंसिरमो निर्वाचनमा ८९ सिट जितेर पनि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य छ। सुदुरपश्चिमबाहेकका सबै प्रदेशमा कांग्रेस सरकार बाहिर छ। आमनिर्वाचनपछि कांग्रेसले सहमति शिरोधार्य नगरेपछि माओवादी अध्यक्ष प्रचण्ड एमालेसहितको सात दलीय गठबन्धनबाट प्रधानमन्त्री भएका थिए। अहिले राष्ट्रपतिको निर्वाचन नजिकिन थालेपछि वर्तमान सत्ता गठबन्धन भत्काएर फेरि पुरानै गठबन्धन निर्माण गर्न कांग्रेस नेताहरू सक्रिय देखिएका हुन्।

प्रकाशित: Feb 20, 2023| 13:20 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...