सोमबार, असार १६, २०८२

कांग्रेसलाई 'राष्ट्रपति' दिने प्रचण्ड संकेत

लामिछाने र मन्त्री पौडेलले ९ पुसको बालकोट सहमतिबाट दायाँबायाँ नहुन र एमाले भागमा परेको राष्ट्रपति पदमा सहयोग गर्न आग्रह गरे पनि ढुलमुले देखिए प्रधानमन्त्री प्रचण्ड।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

काठमाडौं– एमाले नेतृत्वको सात दलीय गठबन्धनबाट १० पुसमा प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता सहयात्री मुख्य दुई दलका नेतासँग राष्ट्रपति कांग्रेसलाई दिइने संकेत गरेका छन्।

सोमबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र एमाले नेता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अहिलेको सत्ता गठबन्धन राष्ट्रिय सहमतिका लागि कांग्रेसलाई राष्ट्रपति सुम्पिइनुपर्ने बताएका हुन्।

भेटमा लामिछाने र मन्त्री पौडेलले ९ पुसको बालकोट सहमतिबाट दायाँबायाँ नहुन र एमाले भागमा परेको राष्ट्रपति पदमा सहयोग गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए। तर प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको प्रयाअन्तर्गत कांग्रेसका नेताहरूसँग राष्ट्रपतिकै बारेमा छलफल भइरहेको बताएर दुवै नेतालाई निराश पारे।

‘कांग्रेसले उठाएको राष्ट्रपति उम्मेदवार नभई राष्ट्रिय सहमति हुन गाह्रो छ। यो गठबन्धन जोगाएरै भए पनि सहमति जुटाउन सकिन्छ कि भन्ने प्रयासमा छु,’ नेताद्वयसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा व्यक्त गरकेो  राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका लागि अझै केही दिन बाँकी भएकाले निरन्तर छलफल गरेर निष्कर्षमा पुग्न सकिने विश्वास दुवैलाई दिएका छन्।

प्रधानमन्त्री प्रचण्डसँग आइतबार बेलुकी मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्ण सिटौलालगायतको जम्बो टोलीले राष्ट्रपतिमा सघाउन आग्रह गर्दै बालुवाटार पुगेको थियो।

प्रकाशित: Feb 20, 2023| 11:59 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...