सोमबार, असार १६, २०८२

राष्ट्रपतिमा सघाउन कांग्रेसले प्रस्ताव गर्दा के भने प्रचण्डले?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा सघाउन प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा सघाउन प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ।

आइतबार राति शीर्ष नेताहरूसहित बालुवाटार पुगेर कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा कांग्रेसलाई सघाउन राष्ट्रपति समक्ष औपचारिक प्रस्ताव राखेको हुन्।

पूर्वप्रधानमन्त्रीसमेत हेका देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता कृष्ण सिटौलासहितलाई लिएर प्रचण्ड फकाउन बालुवाटार पुगेका थिए।

कांग्रेसले पाँच वर्ष पूरै प्रधानमन्त्रीमा सघाउने आश्वासनसहित प्रचण्डलाई उक्त प्रस्ताव गरेको स्रोतले जनाएको छ। पुस १० सम्म प्रचण्डलाई प्रधानमन्त्री दिन तयार नरहे पनि कांग्रेस यतिबेला तत्कालीन पाँच दलीय गठबन्धनलाई पुरानै अवस्थामा फर्काउने मुडमा छ।

देउवाले राष्ट्रपतिम सघाउन आग्रह गरेपछि प्रधानमन्त्री प्रचण्डले यसबारेमा सोमबार बस्ने पार्टी बैठकबाट ठोस निर्णय गरेर जवाफ दिने बताएका थिए। उनले कांग्रेसको प्रस्तावमा आफू सकारात्मक रहेको पनि कांग्रेस स्रोतले बताएको छ। 

पुस १० मा सात दलीय गठबन्धन बन्दा राष्ट्रपति एमालेलाई दिने समझदारी भए पनि पुस २६ मा कांग्रेसले विश्वासको मत दिएपछि प्रचण्डले राष्ट्रिय सहमतिको वकालत गरिरहेका छन्। त्यहीअनुसार कांग्रेसले संसद्को पहिलो दलका रूपमा राष्ट्रपति आफूले पाउनु पर्ने बताउँदै आएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार विराटनगरमा राष्ट्रपति एमालेबाटै हुने बताउँदै कांग्रेसले बल गर्नुको अर्थ नहुने टिप्पणी गरेका थिए।

यसैबीच माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ। 


प्रकाशित: Feb 20, 2023| 05:59 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...